२०८३ आश्विन १५, बिहीबार १८:०७
२०८३ आश्विन १५, बिहीबार १८:०७
हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाईहरूले असोज १४ गते जिल्लाका विभिन्न तीन स्थानबाट अवैध लागुऔषध खैरो हिरोइन, प्रतिबन्धित औषधि, नगद र सवारी साधनसहित ६ जनालाई नियन्त्रणमा लिएका छन्। साँझ करिब ७:१० बजे मनहरी गाउँपालिका–९ रजैयास्थित सार्वजनिक स्थलमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीको टोलीले शुद्ध तौल ४ ग्राम ८४ मिलिग्राम खैरो हिरोइनसहित ३ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा हेटौँडा उपमहानगरपालिका–१९ का ३० वर्षीय अभिषेक थिङ, २६ वर्षीय आकाश भुलुन र २३ वर्षीय रोहित ढुङ्गाना रहेका छन्। दोस्रो घटनामा राति ८:३० बजे हेटौँडा–१ चाइना क्वाटरस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३३ वर्षीय उमेश थिङको घरबाट…