Day: २०८३ भाद्र २४, बुधबार २०:३७

मकवानपुरगढीबाट एमालेको ‘मिसन जागरण’: पार्टी पुनर्जागरण र जनदबावको नयाँ रणनीति

मकवानपुरगढीबाट एमालेको ‘मिसन जागरण’: पार्टी पुनर्जागरण र जनदबावको नयाँ रणनीति

मकवानपुरगढी। नेकपा एमालेले पार्टीभित्र देखिएको निराशा चिर्दै संगठन पुनर्गठन र जनतासँगको सम्बन्ध पुनः जोड्न मकवानपुरगढीमा ‘मिसन पार्टी जागरण-२०८३’ अभियान तीव्रताका साथ अघि बढाएको छ। पछिल्लो राजनीतिक घटनाक्रम र वर्तमान सरकारप्रतिको बढ्दो जनअसंतोषलाई राजनीतिक अवसरका रूपमा लिँदै एमालेले मकवानपुरगढी गाउँपालिकाबाट आफ्नो आन्तरिक सुदृढीकरण र भावी रणनीतिको खाका सार्वजनिक गरेको छ। ​कार्यक्रममा नेताहरूले विशेष गरी वर्तमान बालेन्द्र सरकारको कार्यशैली र ६ महिने कार्यकालको कडा आलोचना गरेका छन्। नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य एवं मकवानपुरगढीका केन्द्रीय प्रतिनिधि नवीन सिग्देलका अनुसार बालेन्द्र सरकारप्रतिको जनमोहभङ्ग भइसकेको छ। विपत् र संकटका बेला जनताले फेरि पनि एमालेकै नेतृत्व खोजिरहेको दाबी गर्दै उनले पार्टीमाथि लगाइएका सबै भ्रमहरू…
Read More
जेन्जी आन्दोलनमा भीमफेदीबाट भागेका कैदी वनस्पतिबाट पक्राउ: सोही क्रममा फरार ३८५ जना पुनः प्रहरी नियन्त्रणमा

जेन्जी आन्दोलनमा भीमफेदीबाट भागेका कैदी वनस्पतिबाट पक्राउ: सोही क्रममा फरार ३८५ जना पुनः प्रहरी नियन्त्रणमा

हेटौँडा। जेन्जी (Gen Z) आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागार र बाल सुधार गृहबाट भएको सामूहिक फरार कैदीहरूलाई कानुनको दायरामा ल्याउने क्रम तीव्र बनेको छ। सोही क्रममा आन्दोलनको मौका छोपेर कारागारबाट भागेका डाँका चोरी मुद्दाका एक फरार कैदीलाई सोमबार (भदौ २४ गते) हेटौँडाको वनस्पतिबाट प्रहरीले पक्राउ गरेको छ। यससँगै आन्दोलनका क्रममा दुवै स्थानबाट फरार भएका कुल ५१२ जनामध्ये ३८५ जना पुनः प्रहरी नियन्त्रणमा आएका छन्। ​जिल्ला प्रहरी कार्यालय मकवानपुर र सामुदायिक सेवा केन्द्र वनस्पतिबाट खटिएको संयुक्त टोलीले दिउँसो १:३० बजे हेटौँडा उपमहानगरपालिका-१३, वनस्पतिस्थित घर नजिकैको बाटोमा हिँडिरहेको अवस्थामा ३९ वर्षीय सन्त बहादुर तितुङलाई पक्राउ गरेको हो।  सन्त बहादुर जेन्जी आन्दोलनका क्रममा…
Read More
विपद् व्यवस्थापनमा जनस्तरको उत्कृष्ट उदाहरण: हेटौँडाका ३७७ टोलमध्ये कालिकामाई टोल विकास संस्थाद्वारा सर्वाधिक १ लाख १८ हजार बढी राहत संकलन

विपद् व्यवस्थापनमा जनस्तरको उत्कृष्ट उदाहरण: हेटौँडाका ३७७ टोलमध्ये कालिकामाई टोल विकास संस्थाद्वारा सर्वाधिक १ लाख १८ हजार बढी राहत संकलन

हेटौँडा । प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको उद्धार र राहतका लागि स्थानीय तहका टोल विकास संस्थाहरूको योगदान अतुलनीय देखिएको छ। हेटौँडा उपमहानगरपालिकाभित्र क्रियाशील रहेका कुल ३७७ वटा टोल विकास संस्थाहरूमध्ये हेटौँडा-८ स्थित कालिकामाई टोल विकास संस्थाले सबैभन्दा बढी राहत रकम सङ्कलन गरी उदाहरणीय कार्य गरेको छ। ​टोलबासी तथा सदस्यहरूबाट स्वस्फूर्त रूपमा जुटाइएको रु. १,१८,१२५/- (एक लाख अठार हजार एक सय पच्चीस रुपैयाँ) रकम नेपाल बैंक लिमिटेडमार्फत 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' को आधिकारिक खातामा जम्मा गरिएको छ। 'दैवी प्रकोप उद्धारका लागि सहयोग' उद्देश्यका साथ टोलका सर्वसाधारण नागरिकहरूले ऐक्यबद्धता जनाउँदै यो सहयोग रकम संकलन गरेका हुन्। ​विपद्को घडीमा जनस्तरबाटै देखाइएको यो उच्च…
Read More
मकवानपुर प्रहरीको वार्षिक रिपोर्ट: लागुऔषध र फैसला कार्यान्वयनमा प्रगति, साइबर अपराध नयाँ चुनौती

मकवानपुर प्रहरीको वार्षिक रिपोर्ट: लागुऔषध र फैसला कार्यान्वयनमा प्रगति, साइबर अपराध नयाँ चुनौती

मकवानपुर प्रहरीले सार्वजनिक गरेको वार्षिक तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध नियन्त्रण र अदालतको फैसला कार्यान्वयनमा उल्लेख्य प्रगति हासिल भएको छ। विगतमा मुख्य चुनौती मानिने चोरी, अभद्र व्यवहार र भौतिक अपराधहरू नियन्त्रणमा आउँदै गर्दा अनलाइन ठगी र प्रविधिजन्य ‘साइबर अपराध’ भने प्रहरीका लागि नयाँ र जटिल चुनौतीका रूपमा देखा परेको छ। ​तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चोरी र बैंकिङ कसुरजस्ता परम्परागत अपराधमा कमी आए पनि सामाजिक सञ्जाल र प्रविधिमार्फत हुने ठगी दोब्बरभन्दा बढीले वृद्धि भएको छ। आर्थिक वर्षको सुरुवाती चरणमा ५० वटा दर्ता भएको फेसबूक तथा टिकटक ह्याक र फेक आईडीसम्बन्धी उजुरी वर्षको अन्त्य सम्म बढेर कुल १२६ पुगेको छ भने…
Read More
भोटेकोशी बाढीपीडितको सहयोगमा मकवानपुरका वन पैदावार व्यवसायी: प्रधानमन्त्री राहत कोषका लागि २ लाख ७७ हजार बढी सङ्कलन

भोटेकोशी बाढीपीडितको सहयोगमा मकवानपुरका वन पैदावार व्यवसायी: प्रधानमन्त्री राहत कोषका लागि २ लाख ७७ हजार बढी सङ्कलन

हेटौँडा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बनेका नागरिकहरूलाई राहत तथा पुनर्स्थापनामा सघाउन मकवानपुरका वन पैदावार उद्योगी तथा व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन्। नेपाल वन पैदावार उद्योग व्यवसायी सङ्घ मकवानपुरमा आबद्ध व्यवसायीहरूले स्वेच्छिक रूपमा रकम सङ्कलन गरी राहत कोषमा पठाएका हुन्। ​सङ्घका अनुसार भाद्र १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण विस्थापित र सङ्कटमा परेका बाढीपीडितको सहयोगार्थ मकवानपुरका २८ जना उद्योगी व्यवसायीहरूबाट एकमुष्ठ २ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ रकम जुटाइएको हो। भाद्र २४ गते सङ्कलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अगाडि बढाइएको छ। ​मकवानपुर सङ्घका अध्यक्ष धर्मराज बस्नेतका अनुसार सङ्कलित सहयोग रकम…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.