२०८३ श्रावण २६, मंगलवार ०८:१७
२०८३ श्रावण २६, मंगलवार ०८:१७
हेटौंडा । बागमती प्रदेश सरकारले अब आफ्ना नीति, योजना र बजेट निर्माण प्रक्रियामा बालबालिकाको आवाजलाई संस्थागत रूपमै समेट्ने भएको छ। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा विभिन्न बाल अधिकारवादी संघ-संस्थाहरूको संयुक्त पहलमा बुझाइएको सातबुँदे ज्ञापनपत्र ग्रहण गर्दै स्वास्थ्य तथा सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादेले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्री बादेले आगामी दिनमा प्रदेश बाल सञ्जाल गठन गरी निर्णय प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता गराइने उल्लेख गर्दै बागमती प्रदेश बालबालिकासम्बन्धी ऐन, २०७६ अनुसार काम भइरहेको र बालविवाह अन्त्यका लागि नयाँ नीति निर्माणको तयारी भइरहेको जानकारी समेत दिनुभयो। नागरिक समाजका तर्फबाट राष्ट्रिय बाल पैरवी परिषद्, कन्सोर्टियम नेपाल र बाल कल्याण समाज मकवानपुरलगायतका…