२०८३ आश्विन १४, बुधबार २०:१६
२०८३ आश्विन १४, बुधबार २०:१६
हेटाैँडा/नेकपा एमाले, मकवानपुर जिल्ला कमिटी र हेटाैँडा उपमहानगरपालिकाकाे अन्तिम लेखा परिक्षण गरिएकाे छ । अन्तिम लेखा परिक्षण गर्नु अघि जिल्ला र नगरका लेखा कमिटीले आन्तरिक लेखापरिक्षण गरेकाे थियाे । केन्द्रीय लेखा आयाेगका सदस्यहरू शान्ति पाख्रिन, नवीन सिग्देल र डिल्लीध्वज बराईलीले अन्तिम लेखा परिक्षण गर्नु भएकाे हाे । लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयाेगले मकवानपुर जिल्ला कमिटीकाे कावा जिल्ला अध्यक्ष हिदम लामा र हेटाैँडा नगरकाे लेखा परिक्षण प्रतिवेदन उपाध्यक्ष राजकुमार बाँस्ताेलालाई हस्तान्तरण गरिएकाे हाे । लेखा परिक्षण प्रतिवेदन हस्तान्तरण गर्दै केन्द्रीय लेखा आयाेगका सदस्य शान्ति पाख्रिनले पार्टी केन्द्रीय लेखा आयाेगले प्रदेश, जिल्ला र पालिका सम्मकाे लेखा परिक्षण गर्ने व्यवस्था रहेकाे बताउनु…