२०८३ कार्तिक ८, आईतवार २०:१९
२०८३ कार्तिक ८, आईतवार २०:१९
भक्तपुर, कात्तिक ८ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र श्री नवदुर्गा भवानीको दर्शन एवम् पूजाआराधना गर्नुभएको छ। कला, संस्कृति र मौलिक परम्पराले समृद्ध भक्तपुरको पवित्र भूमिमा नवदुर्गा भवानीको मन्दिर पुग्नुभएका राष्ट्रपति पौडेललाई स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा भक्तजनहरूले न्यानो स्वागत तथा अभिनन्दन गरेका थिए। उक्त विशेष धार्मिक कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाको समेत सहभागिता रहेको थियो। कार्यक्रमका क्रममा मुख्यमन्त्री थापाले कला र सम्पदाको धनी भक्तपुरमा सम्माननीय राष्ट्रपतिलाई स्वागत तथा अभिनन्दन गर्न पाउँदा आफूलाई अत्यन्तै हर्षित तुल्याएको बताउनुभयो। यसै अवसरमा नवदुर्गा भवानीको ऐतिहासिक जात्राको निरन्तरता तथा सहज सञ्चालनमा…