२०८३ भाद्र १६, मंगलवार ०८:२५
२०८३ भाद्र १६, मंगलवार ०८:२५
हेटौँडा, १६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट पीडित बनेका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि हेटौँडाका टोल विकास संस्थाहरू एकीकृत रूपमा जुटेका छन्। टोल विकास संस्था नगर समन्वय समिति, हेटौँडाको आह्वानमा भाद्र १५ गतेदेखि सुरु गरिएको सहयोग अभियानको पहिलो दिनमै विभिन्न टोल विकास संस्थाहरू तथा वडा कार्यालयबाट कुल ६ लाख ४४ हजार २५६ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा दाखिला गरिएको छ। समितिले अभियानमा प्राप्त रकमको पूर्ण पारदर्शिता र विश्वसनीयता कायम राख्न कुन संस्थाबाट कति रकम जम्मा भयो भन्ने विस्तृत विवरण समेत सार्वजनिक गरेको छ। जस अनुसार पहिलो दिन हेटौँडा–२ को विजयशान्ती टोल विकास…