२०८३ आश्विन २७, मंगलवार १२:०६
२०८३ आश्विन २७, मंगलवार १२:०६
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नगर क्षेत्रभित्र बिनास्वीकृति र रातारात ‘Xtreme Energy Drink’ का विज्ञापन बोर्डहरू राखिनुलाई राज्यसंरचनामाथिकै चुनौती भएको बताएकी छन्। असोज २७ गते मंगलबार बिहान हेटौँडा शहरका विभिन्न सडकमा रहेका पोलहरूमा एक्कासि विज्ञापन बोर्डहरू देखिएपछि नगर प्रमुख लामाले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो कदम नियमविपरीत रहेको जानकारी दिएकी हुन्। नगर प्रमुख लामाका अनुसार उपमहानगरपालिका भित्र कस्ता विज्ञापन गर्न दिने र त्यसको राजस्व दररेट के कस्तो हुने भन्ने स्पष्ट कानुनी कार्यदिशा र मापदण्ड छ। तर, यी सबै कानुनी प्रक्रिया र मापदण्डलाई मिचेर रातारात विज्ञापन बोर्ड राख्ने हर्कत गरिएको उनको भनाइ छ। बिनाअनुमति र बिनासम्झौता…