चौथो वडाध्यक्ष कप फुटबल: कर्णावतीलाई पराजित गर्दै देवनगर टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी ‘चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता’ अन्तर्गत दोस्रो दिनको खेलमा देवनगर टोल विकास संस्था विजयी भएको छ। अत्यन्तै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको आजको खेलमा देवनगर टोलले कर्णावती टोल विकास संस्थालाई ३-२ को गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो।

​देवनगरका लागि खेलको सुरुवात नै धमाकेदार रह्यो। देवनगरका खेलाडी सञ्जय देउलाले खेल सुरु भएको पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाउनुभएको थियो। त्यस्तै, देवनगरको जितमा सन्देश देउला र प्रशान्त देउलाले समान १/१ गोलको योगदान पुर्‍याउनुभयो। कर्णावती टोलले पनि उत्कृष्ट पुनरागमनको प्रयास गर्दै २ गोल फर्काए तापनि देवनगरको अग्रता तोड्न नसक्दा हार बेहोर्नु पर्यो।

​प्रतियोगिता अन्तर्गत भोलिको खेल दुईवटा सञ्चालन हुनेछन्। पहिलो खेल नमुना टोल विकास संस्था र ॐ नगर टोल विकास संस्था बीच हुनेछ भने दोस्रो खेल कालिका टोल विकास संस्था र विकास टोल विकास संस्था बीच हुने आयोजकले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.