२०८३ असार २९, सोमबार १०:०५
२०८३ असार २९, सोमबार १०:०५
काठमाडौं, २९ असार । नेपाली कांग्रेसले निकै तामझामका साथ नयाँ वर्षको पहिलो दिन (१ वैशाख) बाट सुरु गरेको संगठन सुदृढीकरण सम्बन्धी ‘जरा अभियान’ आगामी ६ साउनमा समापन गर्ने भएको छ। आन्तरिक विवाद र समय व्यवस्थापनको सकसबीच गुज्रिएको यो अभियानलाई कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर औपचारिक रूपमा अन्त्य गर्न लागेको हो। पार्टी महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्र अनुसार साउन ६ गते देशैभरका ७७ वटै जिल्ला कार्यसमितिहरूको आयोजनामा व्यापक सहभागितासहित यस अभियानको समापन गरिनेछ। पार्टीभित्रै कार्यविधि र प्रक्रियालाई लिएर सुरुवातमै विवाद चुलिएको यस अभियानले तल्लो तहमा क्रियाशील सदस्यता वितरण र नवीकरणलाई मुख्य एजेन्डा बनाएको…