बिपी स्मृति दिवसकै अवसरमा मकवानपुर कांग्रेसद्वारा ‘जरा अभियान’ समापन, संगठन सुदृढीकरणमा जोड

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर आफ्नो साङ्गठनिक सुदृढीकरणका लागि सञ्चालित ‘जरा अभियान’ को औपचारिक समापन गरेको छ। मकवानपुर कांग्रेसले बुधबार हेटौँडा-२ स्थित कालिका पार्टी प्यालेसमा एक विशेष समारोहको आयोजना गर्दै बिपी स्मृति सभा र जरा अभियान समापन कार्यक्रमलाई एकसाथ सम्पन्न गरेको हो।

​नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को प्रमुख आतिथ्यता रहेको थियो। पार्टीलाई तल्लो तह (जरा) बाटै बलियो र अनुशासित बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानको समापन समारोहमा जिल्लाका शीर्ष नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

​कार्यक्रमका वक्ताहरूले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको मेलमिलाप, प्रजातान्त्रिक समाजवाद र विचारको सान्दर्भिकताबारे चर्चा गर्दै पार्टीका प्रत्येक कार्यकर्तालाई जरा अभियानबाट प्राप्त ऊर्जाका साथ जनस्तरमा जोडिन आग्रह गरे। बिपीका आदर्शलाई व्यवहारमा उतार्दै मकवानपुरमा कांग्रेसलाई थप सशक्त र जनमुखी बनाउने प्रतिबद्धतासहित यो अभियान सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.