२०८३ असार २४, बुधबार १४:४२
२०८३ असार २४, बुधबार १४:४२
सिंहदरबारभित्रका सरकारी कार्यालयहरूमा प्रशासनिक झन्झटसँगै भौतिक संरचनाका कारण सेवा पाउन सास्ती भोग्दै आएका अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि अब सिंहदरबारको यात्रा सहज बन्ने भएको छ। सरकारले सिंहदरबारभित्रै ह्वीलचियर र प्रत्येक ह्वीलचियरका साथमा एक जना सहयोगी (सहजकर्ता) रहने विशेष सेवाको औपचारिक सुरुवात गरेको छ। मुख्यसचिव सुमनराज अर्यालले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट यस मानवीय र कानुनी दायित्व बोकेको सेवाको शुभारम्भ गर्नुभएको हो। यो कदमले सिंहदरबार पुग्ने सेवाग्राहीलाई मात्र नभई त्यहाँ कार्यरत अपाङ्गता भएका राष्ट्रसेवक कर्मचारीहरूलाई समेत ठूलो राहत दिनेछ। अब सिंहदरबार प्रवेश गरेपछि सम्बन्धित कार्यकक्ष वा शाखासम्म पुग्नका लागि कसैको सहारा खोज्नुपर्ने वा भर्याङ र गल्लीहरूमा अलमलिनुपर्ने बाध्यता…