२०८३ असार २०, शनिबार ०९:११
२०८३ असार २०, शनिबार ०९:११
साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा आफ्नो उपाधि रक्षाको यात्रालाई जीवितै राखेको छ, तर यसका लागि उसले कडा संघर्ष गर्नुपर्यो। मियामी स्टेडियममा भएको रोमाञ्चक र तनावपूर्ण खेलमा केप भर्डेको कडा चुनौतीलाई ३–२ ले पन्छाउँदै अर्जेन्टिना नकआउट चरणको अन्तिम १६ मा प्रवेश गरेको छ। कप्तान लियोनल मेसीले २९औं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि ५९औं मिनेटमा डेरोय डुआर्टेले गोल गरेपछि केप भर्डेले खेललाई १–१ को बराबरीमा ल्याएर साविक विजेतालाई स्तब्ध बनाएको थियो। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ ड्रामा झनै उत्कर्षमा पुग्यो। अतिरिक्त समयको सुरुवाती मिनेटमै लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः…