२०८२ चैत्र १८, बुधबार १४:२०
२०८२ चैत्र १८, बुधबार १४:२०
मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ को अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०८२ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा ९ महिला र २५ जना पुरुषले रक्तदान गरेका हुन् । ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ मूल समारोह समित संयोजक नारायण प्रसाद देबकोटाको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबीनिवारण मन्त्रालय हेटौंडाका महाशाखा प्रमुख उमेश कुमार दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । रक्तदान कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला बहुउद्देश्यीय…