२०८३ भाद्र १३, शनिबार १८:२३
२०८३ भाद्र १३, शनिबार १८:२३
हेटौँडा । उत्तरी रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ का बासिन्दा सुमन गोले र रमेश मगरको परिवारलाई स्थानीय सरकारको तर्फबाट तत्काल राहत सहयोग प्रदान गरिने भएको छ। काजकिरिया तथा अन्तिम संस्कारको खर्चमा राहत पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट मृतकका परिवारलाई जनही रु. ५०/५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको हो। विपदको यो कठिन समयमा शोकसन्तप्त परिवारजनको पीडामा मल्हम लगाउन र उनीहरूलाई एक्लो महसुस हुन नदिन वडा कार्यालयले यो पहल लिएको हो। हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बाढीका कारण अकालमा जीवन गुमाएका आफ्ना नागरिकका परिवारलाई वडाको तर्फबाट किरिया खर्च बापत उक्त ५०-५० हजार रुपैयाँ राहत…