२०८३ आश्विन ४, आईतवार १३:२३
२०८३ आश्विन ४, आईतवार १३:२३
हेटौँडा : नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका सबै १०२ वटै वडामा आइतबारदेखि सुरु भएको वडा अधिवेशन केवल कार्यसमिति चयनमा मात्र सीमित नभई स्थानीय स्तरमै फराकिलो र समावेशी नेतृत्व निर्माणको अभ्यास बनेको छ। जिल्ला निर्वाचन समितिका अनुसार वडा सभापतिसहित कुल २ हजार ५ सय ९२ जना क्षेत्रीय प्रतिनिधि चयन हुने यस प्रक्रियामा युवा, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, श्रमिक तथा पेसागत बुद्धिजीवीको दरिलो उपस्थिति सुनिश्चित गरिएको छ। वडा तहबाटै समावेशी सिद्धान्तलाई कडाइका साथ लागू गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने रणनीतिमा पार्टी देखिएको छ। ११ हजार ६१७ जना क्रियाशील सदस्य रहेको मकवानपुरमा क्रियाशील सदस्यको संख्याका आधारमा २३ जनादेखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि…