२०८३ आश्विन ४, आईतवार १३:४८
२०८३ आश्विन ४, आईतवार १३:४८
“बहुदल आएको ३५ वर्षमा देशले के गर्यो ?” यो प्रश्न आजकल निकै सुनिन्छ। प्रश्न गर्नु गलत होइन। लोकतन्त्रमा सरकार, दल र नेतृत्वसँग प्रश्न गर्नैपर्छ। तर प्रश्नको उत्तर खोज्दा तथ्यलाई आधा मात्र हेर्नु पनि ठीक होइन। ३५ वर्षमा नेपालले जे गर्न सक्थ्यो, त्यो सबै गरेको छैन। तर केही पनि भएन भन्नु पनि तथ्य होइन। यी दुईबीचको सत्य बुझ्न नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक, सामाजिक र आर्थिक यात्रा सँगसँगै हेर्नुपर्छ। २०४६ सालपछि नेपालले स्थिर राजनीतिक यात्रा गर्न सकेन। कुनै एउटा दलले लगातार बलियो बहुमतसहित लामो समय सरकार चलाउन सकेन। सरकार बन्ने, गठबन्धन फेरिने र सरकार ढल्ने क्रम चलिरह्यो। यही अवधिमा २०५२ देखि…