हेटौँडा उपमहानगरपालिका

हेटौँडामा एमाले सम्बद्ध जनसंगठनको आयोजनामा रक्तदान, ७३ जनाले गरे रक्तदान

हेटौँडामा एमाले सम्बद्ध जनसंगठनको आयोजनामा रक्तदान, ७३ जनाले गरे रक्तदान

हेटौँडा, ३० साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज हेटौँडा–१ स्थित रक्त सञ्चार केन्द्रमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा हाल देखा परेको रगतको चरम अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ७३ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्। ​कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष एवं नेकपा एमाले हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रका संयोजक सुशीला मल्लले भूकम्प, कोरोना महामारी वा अन्य जुनसुकै विपद् र संकटको समयमा एमाले र यसका जनसंगठनहरू सदैव अग्रपंक्तिमा रहेर जनसेवामा खट्दै आएको स्मरण गराउनुभयो। सोही परम्परा र सामाजिक दायित्वलाई निरन्तरता दिँदै अहिलेको रगत अभावको संकट समाधानका लागि…
Read More
हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा-१५ को वनमा भेटिएकी महिलाको शव सनाखत गर्न प्रहरीद्वारा स्केच सार्वजनिक, पहिचान खुलाउन सहयोगको अपिल

हेटौंडा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित फायरलाइन सामुदायिक वनमा फेला परेको एक अज्ञात महिलाको शव अझै पहिचान हुन सकेको छैन । घटनाको केही समय बितिसक्दा पनि मृतकको सनाखत हुन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानलाई तीव्र पार्दै विशेषज्ञद्वारा तयार पारिएको मृतकको काल्पनिक अनुहार (स्केच) सार्वजनिक गरेको छ । दिउँसो करिब १:५० बजे फेला परेको उक्त शव कसको हो भन्ने पत्ता लगाउन र घटनाको रहस्य सुल्झाउन प्रहरीले सर्वसाधारण र आफन्तजनसँग सहयोगको याचना गरेको हो । ​प्रहरीका अनुसार अन्दाजी ३० देखि ३२ वर्ष उमेर समूहकी देखिने ती महिलाको हुलिया र पहिरन निकै विशिष्ट रहेको छ । करिब ५…
Read More
सामाजिक सञ्जालमा लाञ्छना लगाउने रास्वपा समर्थक अधिकारीद्वारा प्रहरी कार्यालय पुगेर क्षमायाचना

सामाजिक सञ्जालमा लाञ्छना लगाउने रास्वपा समर्थक अधिकारीद्वारा प्रहरी कार्यालय पुगेर क्षमायाचना

हेटौंडा / सामाजिक सञ्जालको दुरुपयोग गरी राजनीतिक व्यक्तित्वहरूमाथि मनगढन्ते र भ्रामक आरोप लगाउने प्रवृत्ति बढिरहेका बेला हेटौंडामा एक रोचक दृष्टान्त सार्वजनिक भएको छ। फेसबुकमार्फत नेकपा एमालेका शीर्ष नेता तथा स्थानीय जनप्रतिनिधिलाई विनाआधार 'भ्रष्टाचारी' भन्दै आपत्तिजनक पोस्ट गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक बैकुण्ठ अधिकारी (बिबास) कानुनी कारबाहीको घेरामा पर्ने भएपछि अन्ततः प्रहरी कार्यालय पुगेर क्षमायाचना गर्न बाध्य भएका छन्। रौतहटको चन्द्रपुर–४ स्थायी घर भई हाल हेटौंडा–४ कमलडाँडा बस्दै आएका उनले वडा प्रहरी कार्यालय हुप्राचौरमा आयोजित छलफलमा आफ्ना अभिव्यक्तिप्रति पूर्ण गल्ती स्वीकार गर्दै लिखित प्रतिबद्धता जनाएका हुन्। ​बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको तस्बिर…
Read More
पर्यटन वर्ष २०८३ को पूर्वसन्ध्या: हेटौँडालाई ‘शून्य फोहोर’ बनाउन नागरिक तहबाटै व्यवहार परिवर्तनको शङ्खघोष

पर्यटन वर्ष २०८३ को पूर्वसन्ध्या: हेटौँडालाई ‘शून्य फोहोर’ बनाउन नागरिक तहबाटै व्यवहार परिवर्तनको शङ्खघोष

हेटौँडा। हेटौँडा उपमहानगरपालिकाले आसन्न ‘पर्यटन वर्ष २०८३’ लाई सफल बनाउन परम्परागत फोहोर संकलन प्रणालीलाई विस्थापित गर्दै नागरिकस्तरबाटै व्यवहार परिवर्तनको नवीन प्रयास सुरु गरेको छ। उपमहानगरपालिका र टोल विकास संस्था नगर समन्वय समितिको संयुक्त पहलमा सुरु भएको ‘शून्य फोहोर हेटौँडा’ अभियानले सरसफाइलाई केवल सरकारी दायित्व नभई नगरबासीको दैनिक जीवनशैली र संस्कारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ। शनिबार वडा नं. ९ र ११ बाट औपचारिक रूपमा थालनी गरिएको यस बृहत् अभियानमा स्थानीय बासिन्दासँगै सुरक्षा निकाय, जनप्रतिनिधि र प्रशासनिक नेतृत्वको अभूतपूर्व ऐक्यबद्धता देखिएको छ। ​सरसफाइलाई औपचारिकतामा मात्र सीमित राख्ने प्रवृत्तिको अन्त्य गर्दै यस पटकको अभियानलाई पर्यावरण र दिगो पर्यटनको बलियो जगका रूपमा…
Read More
पर्यटन वर्ष २०८३: हेटौंडालाई ‘शून्य फोहोर’ बनाउन सरकारी कार्यालय र वडास्तरमै सुरु भयो अभियान

पर्यटन वर्ष २०८३: हेटौंडालाई ‘शून्य फोहोर’ बनाउन सरकारी कार्यालय र वडास्तरमै सुरु भयो अभियान

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले घोषणा गरेको ‘पर्यटन वर्ष २०८३’ लाई सफल पार्ने मुख्य खम्बाका रूपमा ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान तल्लो तहसम्मै कार्यान्वयनमा आएको छ। औपचारिक कार्यक्रममा मात्र सीमित नराख्ने उद्घोष गरिएको यो अभियानअन्तर्गत बिहीबार (श्रावण २२ गते) देखि नै जिल्लाका प्रमुख सरकारी कार्यालय तथा विभिन्न वडास्तरमा व्यापक सरसफाइ र सचेतनाका कार्यक्रमहरू सुरु भएका छन्। फोहोर व्यवस्थापनलाई नागरिकको दैनिक संस्कार बनाउने लक्ष्यसहित उपमहानगरले बजेट विनियोजन गरेरै काम अघि बढाएको हो। ​अभियानको पहिलो दिन नै जिल्ला प्रशासन कार्यालय मकवानपुरका कर्मचारीहरू स्वतःस्फूर्त रूपमा मैदानमा उत्रिएका छन्। कार्यालय परिसरलाई स्वच्छ र पर्यावरणमैत्री बनाउन कर्मचारीहरू आफैंले परिसरको फोहोर संकलन र व्यवस्थापन गरेका थिए। सरकारी अड्डाबाटै…
Read More
वृद्धवृद्धालाई मायाको स्पर्श: हेटौंडामा जुम्बा परिवारले मनायो विशेष खुसी

वृद्धवृद्धालाई मायाको स्पर्श: हेटौंडामा जुम्बा परिवारले मनायो विशेष खुसी

हेटौंडा, श्रावण १७ । शारीरिक सुगठन र स्वास्थ्यका लागि सँगै पसिना बगाउने एउटा समूह जब सामाजिक उत्तरदायित्वमा जोडिन्छ, तब समाजमा छुट्टै उत्साह थपिन्छ। यस्तै उदाहरणीय कार्य गर्दै हेटौंडा–९ मा रहेको पशुपतिनगर हेल्थ क्लबले आफ्नो नियमित अभ्यासलाई केवल चौर मात्र सीमित नराखी सेवाको भावमा रूपान्तरण गरेको छ। क्लबमा आबद्ध जुम्बा परिवारका सदस्यहरूले शनिबार हेटौंडा–१५ स्थित दिव्य सेवा निकेतन पुगेर त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूसँग आत्मियता बाँड्दै विशेष समय बिताएका छन्। ​ज्येष्ठ नागरिकहरूको मुहारमा खुसी ल्याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा निकेतनमा रहेका वृद्धवृद्धा बुवा-आमाहरूलाई एक छाक भोजन गराइएको थियो। साथै, श्रावण महिनाको विशेष अवसरलाई ध्यानमा राख्दै उपस्थित आमाहरूलाई साउने उपहारस्वरूप चुरा…
Read More
वंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ सभा सम्पन्न: नयाँ भवन उद्घाटनसँगै विश्व राज राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

वंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ सभा सम्पन्न: नयाँ भवन उद्घाटनसँगै विश्व राज राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन

हेटौँडा, ९ साउन । मकवानपुरको हेटौँडा–६, चौघडास्थित वंशगोपाल बहुमुखी क्याम्पसको छैटौँ क्याम्पस सभा एवम् नवनिर्मित भवन उद्घाटन समारोह शनिबार भव्य रूपमा सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री उज्ज्वल चौलागाईंको अध्यक्षता तथा बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेश सभा सदस्य माननीय श्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो। समारोहका अवसरमा प्रमुख अतिथि श्रेष्ठले क्याम्पसको नवनिर्मित दोस्रो तथा तेस्रो तला भवनको औपचारिक उद्घाटन गर्नुभएको थियो। ​सोही सभाले श्री विश्व राज राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ क्याम्पस सञ्चालक समिति सर्वसम्मत रूपमा गठन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा श्री पूर्ण भद्र चौलागाईं चयन हुनुभएको छ भने सदस्यहरूमा श्री सुभद्रा तिमिल्सिना,…
Read More
हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा, ६ साउन । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रमा मधुमेह (डायबिटिज) का बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा तथा पर्दा (रेटिना) जाँच शिविर आयोजना गरिएको छ। हेटौँडा-४ वडा कार्यालयको आयोजना तथा मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको शिविरमा बिहानैदेखि स्थानीय सेवाग्राहीहरूको उपस्थिति रहेको छ। ​विशेषगरी मधुमेह भएका व्यक्तिहरूमा पछि गएर आँखाको पर्दामा गम्भीर समस्या (डायबिटिक रेटिनोप्याथी) देखिने जोखिम रहने भएकाले समयमै त्यसको पहिचान र रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने 'क्योर ब्लाइन्ड्नेस प्रोजेक्ट' (Cure Blindness Project) को समेत सहयोग रहेको…
Read More
हेटौँडाका सामुदायिक वनहरूमा वनमा आधारित खेतीको सम्भावनाबारे अन्तरक्रिया

हेटौँडाका सामुदायिक वनहरूमा वनमा आधारित खेतीको सम्भावनाबारे अन्तरक्रिया

हेटौँडा, साउन ५ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित ज्योति सामुदायिक वन, आपखोला सामुदायिक वन र रामधुनीखाली सामुदायिक वनमा वनमा आधारित खेतीको सम्भाव्यता अध्ययन तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सभा सदस्य एवं वन तथा वातावरण क्षेत्रकी विज्ञ माननीय भारती पाठकको प्रमुख उपस्थितिमा भएको उक्त कार्यक्रममा वनको संरक्षण गर्दै स्थानीय समुदायको आर्थिकस्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा स्थलगत छलफल गरिएको थियो। माननीय पाठकले वन क्षेत्र भित्रै अदुवा लगायतका विभिन्न बहुउपयोगी कृषिजन्य तथा जडीबुटी खेती गरेर स्थानीयहरूले प्रत्यक्ष लाभ लिन सक्ने र यसले आत्मनिर्भरता बढाउने कुरामा जोड दिनुभयो।   ​ उक्त अनौपचारिक अन्तरक्रिया कार्यक्रममा वन…
Read More
उर्गेन पेमा डुप्किलिङ बौद्ध गुम्बामा बज्र गुरु जप साधना पूजा जारी, वडा अध्यक्षहरूद्वारा ऐक्यबद्धता

उर्गेन पेमा डुप्किलिङ बौद्ध गुम्बामा बज्र गुरु जप साधना पूजा जारी, वडा अध्यक्षहरूद्वारा ऐक्यबद्धता

हेटौँडा। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४, उत्तरपानीस्थित उर्गेन पेमा डुप्किलिङ बौद्ध गुम्बामा विशेष बज्र गुरु जप साधना पूजा कार्यक्रम भव्य रूपमा सञ्चालन भइरहेको छ। गुम्बा म्हाणि आमा समूहको आयोजनामा सुरु भएको ९ दिने यस धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको छ। धार्मिक सहिष्णुता, शान्ति, सद्भाव र पुण्य लाभको कामनासहित आयोजित यस पूजामा हरेक दिन बिहान ७ बजेदेखि पूजा पाठ, धर्म प्रवचन तथा साधनाका विभिन्न कार्यक्रमहरू भइरहेका छन्। ​धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले समेत विशेष चासो र उपस्थिति जनाएका छन्। यसै क्रममा हिजो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० का वडा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.