हेटौँडा उपमहानगरपालिका

श्रम र उद्यमको संगम: कमानेमा सुजनको ‘बिन्दावासिनी मिट सप’, युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न प्रेरणा

श्रम र उद्यमको संगम: कमानेमा सुजनको ‘बिन्दावासिनी मिट सप’, युवाहरूलाई स्वदेशमै व्यवसाय गर्न प्रेरणा

हेटौंडा, २९ असार । रोजगारीको खोजीमा दैनिक हजारौँ युवाहरू मरुभूमिको तातो रापमा पसिना बगाउन विदेशिरहेका बेला हेटौंडाका एक युवाले भने स्वदेशमै पसिना बगाएर उदाहरणीय काम गरेका छन्। हेटौंडा–८, कमानेका सुजन कार्कीले आफ्नै ठाउँमा ‘बिन्दावासिनी मिट सप’ सञ्चालनमा ल्याएर आर्थिक आत्मनिर्भरताको बाटो रोजेका हुन्। युवाहरूका लागि विदेश मात्र विकल्प होइन भन्ने बलियो उदाहरण प्रस्तुत गर्दै सुजनले सुरु गरेको यो व्यवसाय यतिबेला स्थानीय क्षेत्रमा श्रम र उद्यमशीलताको एउटा प्रेरणादायी सन्देश बनेको छ। ​ स्थानीय उपभोक्ताको स्वास्थ्य र मागलाई ध्यानमा राख्दै यो मिट सपले ताजा तथा पोषिलो अण्डा र गुणस्तरीय कुखुराको मासु बजार भाउभन्दा उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ। घरायसी प्रयोजनका लागि…
Read More
स्व. बालकुमारी थापा छैठौं स्मृति दिवस तथा सम्मान कार्यक्रम हेटौंडामा सम्पन्न

स्व. बालकुमारी थापा छैठौं स्मृति दिवस तथा सम्मान कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा, २९ असार । बालकुमारी थापा स्मृति केन्द्र मकवानपुरको आयोजनामा हेटौंडामा "स्व. बालकुमारी थापा छैठौं स्मृति दिवस तथा सम्मान कार्यक्रम" सम्पन्न भएको छ। स्मृति केन्द्रकी अध्यक्ष जुनेली श्रेष्ठको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवं नेकपा एमालेका अग्रज नेता डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। उक्त विशेष समारोहमा निरंकुश पञ्चायती व्यवस्थाको कठिन कालखण्डदेखि लोकतन्त्र र गणतन्त्र स्थापनासम्म सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुहुने हेटौंडा–१५ निवासी ज्येष्ठ कम्युनिष्ट योद्धा श्री विष्णुदेवी थिङलाई नगद राशिसहित 'सम्मान-पत्र' द्वारा सम्मान गरियो। उक्त कार्यक्रमको सञ्चालन स्मृति केन्द्रकी सचिव सुमित्रा काफ्लेले गर्नुभएको थियो। ​ कार्यक्रममा विशेष रूपमा स्मरण गरिएकी "पार्टीकी आमा"…
Read More
प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई हेटौँडामा सम्मान र करियर काउन्सिलिङ, सप्ताहव्यापी कार्यक्रमको समापन

प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई हेटौँडामा सम्मान र करियर काउन्सिलिङ, सप्ताहव्यापी कार्यक्रमको समापन

हेटौँडा, २७ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ बाट यस वर्ष प्लस टु (कक्षा १२) उत्तीर्ण गरेका विद्यार्थीहरूलाई एक विशेष समारोहका बीच सम्मान गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ को आयोजनामा आज चन्द्रोदय माध्यमिक विद्यालयको हलमा "सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रम" सम्पन्न भएको हो । शैक्षिक यात्राको महत्त्वपूर्ण तह पार गरी भविष्यको मार्गचित्र कोर्न लागेका वडाका विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने र सही दिशा निर्देश गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । ​टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा-८ का अध्यक्ष कुमार केसीको सभाध्यक्षतामा सम्पन्न उक्त भव्य कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल प्रमुख…
Read More
हेटौँडा-८ मा सप्ताहव्यापी अभियान अन्तर्गत चन्द्रोदय मावि परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

हेटौँडा-८ मा सप्ताहव्यापी अभियान अन्तर्गत चन्द्रोदय मावि परिसरमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न

हेटौँडा, २६ असार । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा सञ्चालित सप्ताहव्यापी रचनात्मक अभियान अन्तर्गत आज छैटौँ दिन चन्द्रोदय माध्यमिक विद्यालयको खेलचौर तथा आसपासका क्षेत्रमा एक बृहत् सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को आयोजनामा भएको उक्त कार्यक्रममा समुदायमा स्वच्छता र वातावरणीय चेतना जगाउने उद्देश्यका साथ व्यापक जनसहभागिता जुटेको थियो। विद्यालय परिसरलाई स्वच्छ र सुन्दर बनाउने यस अभियानमा स्थानीय जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि तथा वडाका १९ वटै टोल विकास संस्थाका प्रतिनिधिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। ​यस विशेष सरसफाइ अभियानलाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बलको टोलीले समेत उल्लेखनीय प्राविधिक तथा भौतिक सहयोग पुर्‍याएको थियो।…
Read More
हरित क्रान्ति र समृद्धिको महाअभियानमा हेटौँडा–८: फलका बिरुवा रोपणसँगै सुरु भयो सप्ताव्यापी चेतनामूलक कार्यक्रम

हरित क्रान्ति र समृद्धिको महाअभियानमा हेटौँडा–८: फलका बिरुवा रोपणसँगै सुरु भयो सप्ताव्यापी चेतनामूलक कार्यक्रम

हेटौँडा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ ले वातावरणीय सन्तुलन, नागरिक स्वास्थ्य र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ एक नवीन र प्रेरणादायी अभियानको थालनी गरेको छ। टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को आयोजना तथा डिभिजन वन कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा 'एक घर, एक बहुवर्षे फल' को महाअभियान औपचारिक रूपमा सुरु भएको हो। वडाका कुल १९ वटा टोल विकास संस्थाहरूमध्ये पहिलो दिनमै १३ वटा टोलले उत्साहजनक व्यवस्थापन गर्दै यो पर्यावरणमैत्री उत्सवको सफल सुरुवात गरेका छन्। जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, टोल विकास संस्थाका अगुवा र स्थानीय नागरिकहरूको अभूतपूर्व स्वतःस्फूर्त सहभागिताले यस अभियानलाई केवल एउटा सरकारी औपचारिकतामा मात्र सीमित नराखी…
Read More
महिला मैत्री र जलवायु उत्थानशील सहरको नयाँ नमुना बन्दै हेटौँडाको ‘हुप्र चौर’

महिला मैत्री र जलवायु उत्थानशील सहरको नयाँ नमुना बन्दै हेटौँडाको ‘हुप्र चौर’

हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडा-४ स्थित लोकतान्त्रिक चौर (हुप्र) केवल खेलकुद र हिँडडुल गर्ने स्थानमा मात्र सीमित नभई अब देशकै नमूना 'महिला मैत्री तथा जलवायु उत्थानशील' खुल्ला क्षेत्रका रूपमा रूपान्तरण हुने भएको छ । कुनै समय गाईभैँसी चर्ने र सवारी साधन सिक्ने अस्तव्यस्त मैदानको रूपमा रहेको यो चौरलाई पछिल्लो समय व्यवस्थित बनाउँदै लगिएको छ । यसै क्रममा चौरलाई थप सुरक्षित, आधुनिक र पर्यावरण-मैत्री बनाउन "महिला मैत्री सहर: समावेशी र जलवायु उत्थानशील सहरीकरण परियोजना" अन्तर्गत रु. ८१ लाखको नयाँ ठेक्का (बोलपत्र) आह्वान गरिएको छ । ​नगर विकास क्षेत्रभित्रको मुटुमा रहेको यस चौरलाई विगतमा पर्खाल लगाएर सुरक्षित गरिएपछि यहाँको स्वरूप बदलिने…
Read More
हेटौँडामा टोल विकास संस्थाद्वारा फलफूल वितरण, सरसफाइ तथा करियर काउन्सिलिङ कार्यक्रम हुँदै

हेटौँडामा टोल विकास संस्थाद्वारा फलफूल वितरण, सरसफाइ तथा करियर काउन्सिलिङ कार्यक्रम हुँदै

हेटौँडा, १८ असार । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को आयोजनामा विभिन्न सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन हुने भएका छन्। समितिका अध्यक्ष कुमार केसीका अनुसार वडालाई पर्यावरणमैत्री, स्वच्छ र शैक्षिक रूपमा अगाडि बढाउने उद्देश्यका साथ मुख्य तीनवटा कार्यक्रम तय गरिएका हुन्। जसअन्तर्गत पहिलो चरणमा असार २३, २४ र २५ गते ‘एक घर, एक बहुवर्षे फल: हरियाली वातावरण, फलफूलमा आत्मनिर्भर’ भन्ने नाराका साथ प्रत्येक टोलका प्रतिघरधुरीलाई फलफूलका बिरुवा वितरण गरिनेछ। ​ यसैगरी, अभियानलाई निरन्तरता दिँदै असार २६ गते शुक्रबार बिहान ठीक ७:०० बजेदेखि श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौँडा–८ को प्राङ्गणमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। सोही अनुरुप असार…
Read More
जुनियर खुल्ला ब्याडमिन्टनमा रिलायन्सका आयुप कार्की प्रथम

जुनियर खुल्ला ब्याडमिन्टनमा रिलायन्सका आयुप कार्की प्रथम

मकवानपुर। बागमती प्रदेश खेलकुद विकास परिषद्द्वारा २०८३ जेठ २२ देखि २६ गतेसम्म सञ्चालन गरिएको नव प्रतिभा पहिचान (ट्यालेन्ट हन्ट) कार्यक्रमअन्तर्गत आयोजित जुनियर खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०८३ मा रिलायन्स अंग्रेजी माध्यमिक विद्यालय, हेटौंडाका कक्षा ७ का विद्यार्थी आयुप कार्की पुरुष सिंगल्सतर्फ प्रथम स्थान हासिल गर्न सफल भएका छन्। विभिन्न विद्यालयबाट छनोट भएका प्रतिभावान खेलाडीबीच भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै कार्कीले उपाधि जितेका हुन्। प्रथम स्थान प्राप्त गरेबापत उनलाई रु. २० हजार नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको छ। अयुबको यस उल्लेखनीय सफलताले विद्यालय परिवार, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यार्थीलाई गौरवान्वित बनाएको विद्यालयले जनाएको छ। उनको मेहनत, अनुशासन र खेलप्रतिको समर्पणले अन्य…
Read More
मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा हुने

मकवानपुर। सर्वधर्म सद्भाव ऐक्यवद्धता महाअभियानले आउँदो भदौ १७ गते मकवानपुरलाई ‘धार्मिक द्वन्द्वमुक्त जिल्ला’ घोषणा गर्ने भएको छ । आइतबार हेटौँडामा सबै धर्मका गुरु र अगुवा तथा नागरिक समाजका सदस्यहरुको भेलाले गठित महाअभियानले भदौ १७ गते मकवानपुरलाई धार्मिक द्वन्द्वमुक्त जिल्ला घोषणा तयारी गरेको हो । महाअभियानका अध्यक्ष राजेश वाग्लेले सबै धर्म र सम्प्रदायको सहभागितामा ‘मकवानपुरमा कुनै पनि धार्मिक द्वन्द्व छैन र हुने छैन’ भन्ने सन्देश दिन यस्तो तयारी गरिएको बताए । उनले भने, ‘हामी संस्था दर्ता गरेर औपचारिकरुपमै धार्मिक समुदायमा सद्भाव कायम राख्दै यो अभियानलाई मकवानपुरबाट अरु जिल्लामा पनि लैजाने तयारीमा छौँ ।’ कार्यक्रममा हेटौँडा उपमहानगर–४ का वडाध्यक्ष नवीन सिग्देलले महाअभियानले…
Read More
हेटौंडा–१३ मा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

हेटौंडा–१३ मा असार ५ देखि मेयर कप फुटबल प्रतियोगिता

मकवानपुर। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा मेयर कप फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ। हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा वडा नं. १३ को समन्वयमा असार ५ गतेदेखि १२ गतेसम्म पदमपोखरीस्थित खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगिताको आयोजना पदमपोखरी युथ क्लब ले गरेको हो भने नगर खेलकुद विकास समिति, ANFA मकवानपुर र हेटौंडा–१३ खेलकुद विकास समिति ले सहकार्य गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा वडा नं. १३ का अध्यक्ष पेम्बा लामाले प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहने जानकारी दिए। उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न तथा फुटबल खेलको विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताको विजेता टोलीले २ लाख रुपैयाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.