नव दृष्टि

नव दृष्टि

198 Posts
मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव माघ २८ देखि

मकवानपुरमा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव माघ २८ देखि

मकवानपुर। माघ०२/ मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो बृहत् खेलकुद, कृषि, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। समितिले शुक्रबार पत्रकार सम्मेलन गरी महोत्सवको जानकारी दिएको हो। खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले खेल, कृषि, व्यापार र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। खेलकुद पूर्वाधार विकासका लागि तीनै तहका सरकार तथा सम्बन्धित संघसंस्थासँग सहकार्य गर्दै खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरका दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए। माघ २८ गतेदेखि सुरु हुने महोत्सव फागुन १२ गतेसम्म हेटौँडा–१० स्थित टीसीएन चौरमा सञ्चालन हुनेछ। महोत्सवमा खेलकुदसँगै कृषि तथा व्यापारका करिब ४ सय स्टल रहने आयोजकले जनाएको…
Read More
आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

आजको मौसम : तराईमा कुहिरो र पहाडी क्षेत्रमा आंशिक बदली रहने

मकवानपुर। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिन अनुसार यसको प्रभावले देशका केही पहाडी भू-भागमा आंशिक बदली र तराईमा कुहिरो लाग्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहनेछ। तराईका केही स्थानहरूमा भने हल्का कुहिरो लाग्ने सम्भावना छ। देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यसैगरी, आज राति पनि कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली कायम रहनेछ। तराईका केही ठाउँहरूमा कुहिरो र हुस्सु लाग्ने सम्भावना…
Read More
आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

आज मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै

मकवानपुर। आज देभैभरी मकर अर्थात माघे सकराती पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज…
Read More
बागमती गाउँपालिका–३ कुटिभकारीमा नेपाल टेलिकमको टावर उद्घाटन

बागमती गाउँपालिका–३ कुटिभकारीमा नेपाल टेलिकमको टावर उद्घाटन

मकवानपुर। पुष २८/मकवानपुर जिल्लाको बागमती गाउँपालिका वडा नं. ३ गडन–कुटिभकारीमा नेपाल टेलिकमको टावर औपचारिक रूपमा उद्घाटन गरिएको छ। बागमती गाउँपालिका र नेपाल टेलिकम मकवानपुरको सहकार्यमा टावर स्थापना गरिएको हो। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले रिबन काटेर टावरको उद्घाटन गर्नुभयो। मन्तव्यका क्रममा अध्यक्ष घलानले विकास र समृद्धिका लागि सबैको मन सफा हुनुपर्ने उल्लेख गर्दै “छलकपट होइन, विकासमा जुट्नुपर्छ” भन्ने धारणा व्यक्त गर्नुभयो। वडा नं. ३ गडन क्षेत्रमा सडक र विद्युत् सुविधा पुगे पनि सञ्चार सेवामा लामो समयदेखि समस्या रहँदै आएको थियो। सञ्चार सेवा अभावका कारण विपद् व्यवस्थापन, आपतकालीन सेवा तथा सरकारी कामकाजमा स्थानीयले कठिनाइ भोग्दै आएका थिए।…
Read More
अन्तरविद्यालय योग प्रतियोगितामा सृष्टि चौधरी र युनेश अधिकारी प्रथम

अन्तरविद्यालय योग प्रतियोगितामा सृष्टि चौधरी र युनेश अधिकारी प्रथम

मकवानपुर। एघारौँ राष्ट्रिय योग दिवसको अवसरमा आयोजित अन्तरविद्यालय स्तरीय योग खेलकुद प्रतियोगितामा छात्रा तर्फ कमाने एकेडेमीकी सृष्टि चौधरी र छात्र तर्फ ज्ञानोदय बालवाटिकाका युनेश अधिकारीले प्रथम स्थान हासिल गरेका छन्। त्यसैगरी द्वितीय स्थानमा छात्रा तर्फ लक्ष्मी आधारभूत विद्यालयकी फारना खातुन र छात्र तर्फ ब्रह्मादिक एकेडेमीका दिपान्सु चौधरी रहेका छन् भने तृतीय स्थानमा छात्रा तर्फ सिद्धार्थ शिशु सदनकी मानवी त्रिपाठी र छात्र तर्फ कमाने एकेडेमीका आर्यन शाह विजयी भएका छन्। आधुनिक राष्ट्रिय मावि, भुटनदेवी मावि, लक्ष्मी आधारभूत विद्यालय, कमाने एकेडेमी, रोज एकेडेमी, सिद्धार्थ शिशु सदन, ब्रह्मादिक एकेडेमी, ज्ञानोदय बालवाटिका लगायतका विद्यालयबाट २० जना छात्र–छात्राले प्रतियोगितामा सहभागिता जनाएका थिए। “स्वस्थ समाज, समृद्ध…
Read More
थाहाका सन्तोष बिष्टले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने

थाहाका सन्तोष बिष्टले प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिने

मकवानपुर । थाहा नगरपालिका वडा नं. ३ का सन्तोष बिष्टले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट उम्मेद्वारी दिने घोषणा गरेका छन् । बिष्टले प्रगतिशिल लोकतान्त्रिक पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष तर्फ उम्मेद्वारी दिने भएका हुन् । बिद्यार्थी राजनीतिमा सक्रिय बिष्ट तत्कालिन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहेका थिए । हाल गठन भएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य रहेका बिष्टले मुलुकमा सामाजिक न्याय सहितको समृद्धिको लक्ष्य प्राप्तीको लागि प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेद्वारहरुलाई मतदान गर्न मतदाताहरुसमक्ष आग्रह समेत गरेका छन् । नागरिककोे हक–अधिकारको सुनिश्चितता, लोकतन्त्रको रक्षा, सुशासन…
Read More
थाहामा रुपचन्द्र बिष्टको ९२ औँ जन्मजयन्ती मनाईयो

थाहामा रुपचन्द्र बिष्टको ९२ औँ जन्मजयन्ती मनाईयो

मकवानपुर । थाहा नगरपालिकामा थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२ औँ जन्मजयन्ती मनाईयो । थाहा नगरपालिका विकासघर परिसरमा रहेको बिष्टको पूर्णकदको शालिकमा माल्र्यापणसहित रुदानेको जन्मजयन्ती मनाईएको हो । थाहा नगरपालिका वडा नं. ३ र ४ को सहयोग तथा फरक सोच अभियानको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमकै अवसरमा हरेक बर्ष रुदानेको जन्मजयन्तीको अवसरमा प्रदान गरिने तिर्थदास श्रेष्ठ स्मृति सामाजिक सम्मान लामो समय शिक्षण पेशामा योगदान पु¥याई सेवा निवृत्त भएका जनकल्याण माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक सानोभाई कार्की र थाहा पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकारितामा सक्रिय पत्रकार सुरेश बिडारीलाई सम्मान गरिएको थियो। थाहा नगरपालिका वडा नं. ३ का…
Read More
जनमुखीका धरोहर ‘रुदाने’ का रोचक २१ प्रसंग

जनमुखीका धरोहर ‘रुदाने’ का रोचक २१ प्रसंग

यादव जंग रायमाझी/थाहा नगरपालिका मकवानपुर मकवानपुर । विक्रम सम्बत १९९० सालको पुस २६ गतेका दिन आमा चित्रकुमारीको कोखबाट हालको थाहा नगरपालिका ३ घर्र्तिखोलामा रुपचन्द्र बिष्टको जन्म भएको थियो । सम्पन्न बर्गका पिता पदमबहादुर बिष्टको घरमा जन्मिएर पनि रुपचन्द्र बिष्ट सानै उमेरदेखि बिद्रोही र न्यायप्रेमी थिए । त्यसैले उनी कलिलै उमेरमा कम्युनिष्ट विद्यार्थी राजनीतिमा जोडिन पुगे । २००७ सालदेखि २०१० सालसम्म सक्रिय विद्यार्थी राजनीतिमा रहेका रुपचन्द्र बिष्ट २०१७ सालको राजनैतिक परिवर्तन पछि २०२२ र २०२९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतबाट प्रधानपञ्चमा निर्वाचित भए । बि.ए, बि.एल. सम्मको अध्ययन गरेका रुपचन्द्र बिष्ट २०२८ मा स्नातक कोटामा राष्ट्रिय पञ्चायतको सदस्य समेत रहेका थिए…
Read More
निर्वाचन प्रहरीका लागि सरकारले  खुलायो भर्ना, माग संख्या १ लाख ३३ हजार ९ सय ८०

निर्वाचन प्रहरीका लागि सरकारले खुलायो भर्ना, माग संख्या १ लाख ३३ हजार ९ सय ८०

मकवानपुर। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा परिचालन गर्नका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको भर्ना खुलाएको हो । निर्वाचन प्रहरीका लागि यही २५ पुस शुक्रबारदेखि १ फागुनसम्म आवेदन दिन सकिने बताइएको छ । बिदाको दिन पनि दर्खास्त लिइने सूचनामा जनाइएको छ ।
Read More
चुनावले एसईई सर्ने, माघको पहिलो साता बस्ने बोर्ड बैठकले निर्णय गर्दै

चुनावले एसईई सर्ने, माघको पहिलो साता बस्ने बोर्ड बैठकले निर्णय गर्दै

मकवानपुर। राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतको पहिलो साता हुने एसईई परीक्षा सार्ने तयारी गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावका कारण एसईई परीक्षा प्रभावित हुने भएपछि माघको पहिलो साता बोर्ड बैठक राखेर औपचारिक निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए । ‘अहिले नै निर्णय भइसकेको छैन, तर चुनावले परीक्षा प्रभावित हुने निश्चित भएकाले अब माघ पहिलो साता बोर्ड बैठक बस्ने तयारी छ,’ नियन्त्रक अधिकारीले भने, ‘बोर्ड बैठकपछि औपचारिक निर्णय सार्वजनिक गर्छौं ।’ एसईईको प्रश्नपत्र र चुनावी मतपत्र दुवै जनक शिक्षा सामग्री केन्द्रले छाप्ने भएकाले बोर्डले प्रश्नपत्र छपाइको सन्दर्भमा जनक शिक्षासँग पनि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.