हेटौँडामा टोल विकास संस्थाद्वारा फलफूल वितरण, सरसफाइ तथा करियर काउन्सिलिङ कार्यक्रम हुँदै

हेटौँडा, १८ असार । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को आयोजनामा विभिन्न सिर्जनात्मक तथा सामाजिक कार्यक्रमहरू सञ्चालन हुने भएका छन्। समितिका अध्यक्ष कुमार केसीका अनुसार वडालाई पर्यावरणमैत्री, स्वच्छ र शैक्षिक रूपमा अगाडि बढाउने उद्देश्यका साथ मुख्य तीनवटा कार्यक्रम तय गरिएका हुन्। जसअन्तर्गत पहिलो चरणमा असार २३, २४ र २५ गते ‘एक घर, एक बहुवर्षे फल: हरियाली वातावरण, फलफूलमा आत्मनिर्भर’ भन्ने नाराका साथ प्रत्येक टोलका प्रतिघरधुरीलाई फलफूलका बिरुवा वितरण गरिनेछ।

यसैगरी, अभियानलाई निरन्तरता दिँदै असार २६ गते शुक्रबार बिहान ठीक ७:०० बजेदेखि श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौँडा–८ को प्राङ्गणमा बृहत् सरसफाइ कार्यक्रम आयोजना गरिएको छ। सोही अनुरुप असार २७ गते शनिबार बिहान ११:०० बजे चन्द्रोदय माविकै हलमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि लक्षित गरी ‘करियर काउन्सिलिङ तथा सम्मान कार्यक्रम’ आयोजना गर्न लागिएको अध्यक्ष केसीले जानकारी दिनुभयो। समितिले सम्पूर्ण वडाबासी, युवा, महिला, भद्रभलाद्मी तथा विद्यार्थीहरूलाई आफ्नो घरबाटै आवश्यक औजारहरू लिई सरसफाइ एवं अन्य कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी भइदिन हार्दिक अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.