२०८३ असार १९, शुक्रबार १८:५२
२०८३ असार १९, शुक्रबार १८:५२
नेपालका सातवटा विश्वविद्यालयहरूमा नयाँ उपकुलपतिहरूको नियुक्ति प्रक्रिया सम्पन्न भएको छ। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री बालेन शाहले शुक्रबार एकैपटक सातै वटा प्राज्ञिक निकायको नेतृत्व चयन गर्नुभएको हो। यसरी नियुक्त हुने उपकुलपतिहरूमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा रहनुभएको छ। यसपटकको उपकुलपति चयन प्रक्रियाका लागि शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा एउटा विशेष सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिले इच्छुक उम्मेदवारहरूबीच खुला प्रतिस्पर्धा गराई उनीहरूको योग्यता, कार्ययोजना र प्रस्तुतीकरणका आधारमा योग्य नामहरू कुलपति…