२०८३ आश्विन २५, आईतवार १६:४५
२०८३ आश्विन २५, आईतवार १६:४५
हेटौँडा, असोज २५ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। हटियास्थित ब्याडमिन्टन कभर्डहलमा आयोजित एक विशेष समारोहका बिच बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। उहाँले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गरेर वडा कार्यालयले खेलकुद विकासका साथै सामाजिक सद्भाव…