२०८३ भाद्र १७, बुधबार १३:२५
२०८३ भाद्र १७, बुधबार १३:२५
हेटौँडा । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोशल साइन्सेस (HSM) ले रसुवाको भोटेकोशी बाढीपीडितका लागि घोषणा गरेको २० लाख रुपैयाँ सहयोग रकम आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आयोजित एक कार्यक्रमका बीच HSM का सञ्चालक पुरनबहादुर जोशीसहितको टोलीले उक्त रकमको चेक प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेको हो, जुन रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ। HSM संस्थाका तर्फबाट १५ लाख रुपैयाँ र कलेजका शिक्षक तथा कर्मचारीहरूतर्फबाट स्वस्फूर्त रूपमा सङ्कलन गरिएको ५ लाख रुपैयाँ गरी कुल २० लाख रुपैयाँको चेक प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाइएको छ। गत भदौ १० गते आएको विनाशकारी बाढीले प्रभावित क्षेत्रमा जनधनको…