Breaking News 3

हेटौँडा-१५ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न: भोटेकोशी बाढीका मृतकका परिवारलाई रु १ लाख ६५ हजारभन्दा बढी राहत रकम हस्तान्तरण

हेटौँडा-१५ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न: भोटेकोशी बाढीका मृतकका परिवारलाई रु १ लाख ६५ हजारभन्दा बढी राहत रकम हस्तान्तरण

हेटौँडा, असोज २९ गते। नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ तथा विभिन्न चाडपर्वहरूको अवसरमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमकै अवसर पारी गत महिना रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा-१५ का तीन जना दिवङ्गत युवाका पीडित परिवारलाई नगद राहत रकम समेत हस्तान्तरण गरिएको छ। ​हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री एवम् बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका प्रमुख (मेयर) मिना कुमारी लामा र जिल्ला समन्वय समिति मकवानपुरका पूर्वप्रमुख रघुनाथ खुलाल विशिष्ट अतिथिका रूपमा…
Read More
हेटौंडामा दशैँ, तिहार र छठको अवसरमा टोल विकास संस्था नगर समन्वय समितिको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

हेटौंडामा दशैँ, तिहार र छठको अवसरमा टोल विकास संस्था नगर समन्वय समितिको शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न

हेटौंडा। हेटौंडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा हिन्दुहरूको महान पर्व बडा दशैँ, शुभ दीपावली, छठ लगायतका विभिन्न चाडपर्वको पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। आपसमा शुभकामना साटासाट गर्दै चाडपर्वलाई सभ्य र भ्रातृत्वपूर्ण वातावरणमा मनाउन आह्वान गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो। ​कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिको रूपमा रहनुभएको थियो। त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नम्बर ११ का वडा…
Read More
‘हेटौँडामा रातारात नियमविपरीत विज्ञापन बोर्ड राखिनु राज्यसंरचनामाथिकै चुनौती’ : मेयर मिनाकुमारी लामा

‘हेटौँडामा रातारात नियमविपरीत विज्ञापन बोर्ड राखिनु राज्यसंरचनामाथिकै चुनौती’ : मेयर मिनाकुमारी लामा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले नगर क्षेत्रभित्र बिनास्वीकृति र रातारात ‘Xtreme Energy Drink’ का विज्ञापन बोर्डहरू राखिनुलाई राज्यसंरचनामाथिकै चुनौती भएको बताएकी छन्। असोज २७ गते मंगलबार बिहान हेटौँडा शहरका विभिन्न सडकमा रहेका पोलहरूमा एक्कासि विज्ञापन बोर्डहरू देखिएपछि नगर प्रमुख लामाले सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यो कदम नियमविपरीत रहेको जानकारी दिएकी हुन्। ​नगर प्रमुख लामाका अनुसार उपमहानगरपालिका भित्र कस्ता विज्ञापन गर्न दिने र त्यसको राजस्व दररेट के कस्तो हुने भन्ने स्पष्ट कानुनी कार्यदिशा र मापदण्ड छ। तर, यी सबै कानुनी प्रक्रिया र मापदण्डलाई मिचेर रातारात विज्ञापन बोर्ड राख्ने हर्कत गरिएको उनको भनाइ छ। बिनाअनुमति र बिनासम्झौता…
Read More
​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

​”सचेतनाले मात्रै स्वस्थ र सुरक्षित समाज निर्माण सम्भव छ”: हेटौँडा-१५ मा साइबर अपराध र लागूऔषध दुर्व्यसनीविरुद्ध बृहत् अभियान सुरु

हेटौँडा, असोज २६ गते। बढ्दो प्रविधिको गलत प्रयोग र कुलतका कारण समाजमा निम्तिएका जटिल समस्याहरूलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ मा साइबर अपराध तथा लागूऔषध दुर्व्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रमको औपचारिक सुरुवात भएको छ। हेटौँडा-१५ वडा कार्यालयको सहयोग एवम् सहकार्यमा सञ्चालित सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवम् वडा अध्यक्ष सुनिल मोक्तानले सामाजिक चेतना र सतर्कताले मात्रै स्वस्थ, सुन्दर र सुरक्षित समाजको निर्माण सम्भव हुने बताउनुभयो। ​सम्बोधनका क्रममा प्रमुख अतिथि मोक्तानले जानेर वा नजानेर दिनप्रतिदिन धेरै मानिसहरू साइबर अपराध र लागूऔषधको दुर्व्यसनमा फसिरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "अहिले प्रहरी प्रशासनमा पनि साइबर अपराध, सामाजिक सञ्जालमार्फत हुने…
Read More
हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा, असोज २५ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। हटियास्थित ब्याडमिन्टन कभर्डहलमा आयोजित एक विशेष समारोहका बिच बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। ​हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। उहाँले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गरेर वडा कार्यालयले खेलकुद विकासका साथै सामाजिक सद्भाव…
Read More
स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता, बजेट बढाउँछौँ: बागमती प्रदेशका मुख्यमन्त्री

स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकता, बजेट बढाउँछौँ: बागमती प्रदेशका मुख्यमन्त्री

हेटौँडा। बागमती प्रदेशका माननीय मुख्यमन्त्री ज्यूले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै भौतिक पूर्वाधार (बाटो, पुल) भन्दा नागरिकको स्वास्थ्य आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ। हाल कुल प्रदेश बजेटको ४.५ प्रतिशत मात्र स्वास्थ्य क्षेत्रमा विनियोजन भएकोमा असन्तुष्टि जनाउँदै उहाँले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। ​प्रतिष्ठानले अनेकौँ आरोह-अवरोह पार गर्दै हाल एमबिबिएस (MBBS), एमडी (MD) र स्नातक तहका ४ वटा विभिन्न संकायमा शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको मुख्यमन्त्री ज्यूले बताउनुभयो। विगतमा प्रतिष्ठान र हेटौँडा अस्पतालबीच कार्यक्षेत्रलाई लिएर देखिएको अन्योल र समस्याहरूलाई नीतिगत रूपमै निरुपण गर्न ऐन संशोधन गरिएको जानकारी…
Read More
हेटौंडामा नेपाल निर्माण उद्योग परिषद् (मकवानपुर) द्वारा बधाई, सम्मान तथा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान

हेटौंडामा नेपाल निर्माण उद्योग परिषद् (मकवानपुर) द्वारा बधाई, सम्मान तथा दसैँ, तिहार र छठको शुभकामना आदानप्रदान

हेटौंडा । नेपाल निर्माण उद्योग परिषद् (मकवानपुर) को आयोजनामा निर्माण व्यवसायी संघ मकवानपुरका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा सम्मानका साथै महान् पर्व विजया दशमी, शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। परिषद्का अध्यक्ष नरेन्द्र भण्डारीको अध्यक्षतामा आयोजित उक्त समारोहमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो । निर्माण व्यवसायी संघ मकवानपुरको २६ औं साधारण सभा तथा १२ औं अधिवेशनबाट कार्यसमितिमा नयाँ निर्वाचित भई आएका नेतृत्वलाई सम्मान र बधाई ज्ञापन गरिएको थियो। सम्मानित हुनेहरूमा संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राजेन्द्र चौलागाईं, कोषाध्यक्ष प्रकाश लामा, कार्यसमिति सदस्य रोशन ठकुरी,…
Read More
बगर बनेका बस्तीमा अब रूख रोपिने: बाढीपीडितका लागि १,५५८ रोपनीमा ‘स्मार्ट’ एकीकृत शहर बन्दै

बगर बनेका बस्तीमा अब रूख रोपिने: बाढीपीडितका लागि १,५५८ रोपनीमा ‘स्मार्ट’ एकीकृत शहर बन्दै

हेटौंडा । भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीले बगरमा परिणत गरेका जोखिमयुक्त बस्तीहरूमा अब पुनः मानव बस्ती बसने छैन। प्रदेश सरकारले तटीय क्षेत्रका जोखिमयुक्त पुराना बस्तीलाई स्थायी रूपमा खाली गराई ती क्षेत्रलाई वृक्षारोपणमार्फत 'हरियाली पार्क' मा रूपान्तरण गर्ने रणनीति बनाएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले प्रधानमन्त्रीको उपस्थितिमा आयोजित केन्द्रीय विपद् परिषद्को बैठकमा विपद्पछिको यो नयाँ र साहसिक पुनर्निर्माण मार्गचित्र प्रस्तुत गर्नुभएको हो। ​नदीले कटान गरेर उठिबास लगाएका नागरिकहरूका लागि भने तीनै तहका सरकारको संयुक्त प्रयासमा सुरक्षित र व्यवस्थित शहर बनाउने तयारी थालिएको छ। स्थानीय तहले व्यवस्था गरेको १,१५८ रोपनी र सर्वसाधारणको ४०० रोपनी गरी कूल १,५५८ रोपनी जग्गालाई 'ल्यान्ड…
Read More
हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

हेटौँडा। हेटौँडामा महिला हिंसा र साइबर अपराध न्यूनीकरणका साथै शारीरिक तथा मानसिक सुरक्षा र सशक्तिकरण विषयक विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य माननीय भारती पाठकको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडाका टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरूलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो। ​कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र वडा नम्बर ११ का वडा अध्यक्ष जुना दाहाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यसैगरी, वडा नम्बर ४ का वडा सदस्यद्वय…
Read More
हेटौँडामा वन विज्ञान अध्ययन संस्थानको ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६’ सुरु

हेटौँडामा वन विज्ञान अध्ययन संस्थानको ‘फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६’ सुरु

हेटौँडा, १६ असोज । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसमा 'फर्स्ट ग्राजुएट कन्फ्रेन्स–२०२६' भव्यताका साथ सुरु भएको छ। वन, वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापनका विविध आयाममा नवीन अनुसन्धान र विचार आदान–प्रदान गर्ने उद्देश्यका साथ दुई दिवसीय सम्मेलन आयोजना गरिएको हो। क्याम्पस प्रमुख डा. यमबहादुर केसीको सभाध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। ​उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री किरण थापा मगरले वन, वातावरण र प्राकृतिक स्रोत व्यवस्थापनको क्षेत्रमा वैज्ञानिक अनुसन्धानको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। शिक्षा र अनुसन्धानबाट प्राप्त ज्ञानलाई केवल सिद्धान्तमा सीमित नराखी व्यावहारिक क्षेत्रसँग जोड्नुपर्नेमा उहाँको जोड…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.