२०८३ श्रावण २५, सोमबार १७:०४
२०८३ श्रावण २५, सोमबार १७:०४
काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहणसँगै दुई छिमेकी मुलुकहरूसँगको कूटनीतिक सम्बन्धलाई तीव्रता दिएका छन्। सोही क्रममा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम झाङ माओमिङ र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। एकै दिन दुवै छिमेकी मुलुकका प्रतिनिधिहरूसँग भएको यो भेटलाई नेपालको सन्तुलित वैदेशिक नीतिको निरन्तरता र उच्च कूटनीतिक सक्रियताका रूपमा हेरिएको छ। चिनियाँ राजदूत झाङ माओमिङसँगको भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउने र साझा हितका विषयमा सहकार्य बढाउनेबारे फलदायी छलफल भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले चीनसँगको परापूर्वकालदेखिको सम्बन्धलाई थप उचाइमा पुर्याउँदै विकास साझेदारी, वैदेशिक…