२०८३ कार्तिक १०, मंगलवार १२:४९
२०८३ कार्तिक १०, मंगलवार १२:४९
हेटौँडा, कात्तिक ११ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ वडा कार्यालयको आयोजनामा सञ्चालित ‘वडा अध्यक्ष कप-२०८३ राष्ट्रिय स्नुकर च्याम्पियनसिप (टप-१६)’ मंगलबारदेखि सुरु भएको छ। हेटौँडाको लियम स्नुकर हाउसमा आयोजित एक विशेष उद्घाटन समारोहका बीच प्रतियोगिताको शुभारम्भ गरिएको हो। हेटौँडा-१५ खेलकुद विकास समितिका अध्यक्ष एवम् कार्यक्रमका संयोजक प्रितम रानाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले प्रतियोगितामा प्रतिस्पर्धा गर्न देशैभरिबाट उपस्थित भएका सम्पूर्ण खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै खेललाई स्वस्थ र सौहार्दपूर्ण बनाउन आग्रह गर्नुभयो। स्नुकर खेलको पृष्ठभूमि र विकासक्रमबारे चर्चा गर्दै वडा अध्यक्ष…