२०८३ श्रावण ६, बुधबार १७:०५
२०८३ श्रावण ६, बुधबार १७:०५
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अदालत, उडान शुल्क, कर मिनाहा र छानबिन समितिसहित ७ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले विशेष र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटरब्याज सम्बन्धी फर्जी लिखितहरूलाई आजैका मितिदेखि अवैध घोषणा गर्ने कदम चालेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालत र उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष पदमा तोकिएको छ। यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णयसमेत आजैको बैठकले गरेको छ। उडान प्रवर्द्धन र सर्वसाधारणको राहतका लागि आजको मन्त्रिपरिषद् बैठकले विशेष छुट तथा मिनाहाका घोषणाहरू गरेको छ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय…