२०८३ श्रावण २६, मंगलवार १७:०५
२०८३ श्रावण २६, मंगलवार १७:०५
काठमाडौँ । सरकारले देशभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालित एम्बुलेन्स र शव वाहनमा लाग्ने मूल्य अभिवृद्धि कर (VAT) र स्वच्छ पूर्वाधार लगानी शुल्क पूर्ण रूपमा छुट दिने वातावरणीय एवं स्वास्थ्यमैत्री निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका ५ महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले यो व्यवस्थाबाट स्वास्थ्य सेवा र पर्यावरणमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । यसका साथै सरकारले लामो समयदेखि प्रतिक्षित पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० लाई समेत सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले गृह मन्त्रालयको प्रस्तावमा सुनसरी र…