बागमती प्रदेश सभामा विश्वासको मतको तयारी: भदौ ७ गते १८ औँ बैठक आह्वान

हेटौँडा। बागमती प्रदेश सभाको दोस्रो कार्यकालअन्तर्गत आठौँ अधिवेशनको अठारौँ बैठक आउँदो भदौ ७ गते आइतबार बस्ने गरी तय भएको छ। प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय सभामुखले उक्त बैठक दिनको १:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको हो। बैठकसम्बन्धी यो औपचारिक सूचना प्रदेश सभा सचिवालयका सचिव रामकृष्ण पौडेलद्वारा जारी गरिएको छ।

​उक्त बैठकको मुख्य कार्यसूची नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले लिने विश्वासको मत रहनेछ। मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) का साथै प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम सदनसमक्ष विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्नुहुनेछ।

​संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्रीमा नियुक्त भएपछि प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता रहेकाले प्रदेश सभा सचिवालयले माननीय सदस्यहरू तथा सरोकारवालाहरूलाई पूर्वजानकारीका लागि यो सूचना प्रकाशित गरेको हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.