Day: २०८३ श्रावण ६, बुधबार १७:४२

बिपी स्मृति दिवसकै अवसरमा मकवानपुर कांग्रेसद्वारा ‘जरा अभियान’ समापन, संगठन सुदृढीकरणमा जोड

बिपी स्मृति दिवसकै अवसरमा मकवानपुर कांग्रेसद्वारा ‘जरा अभियान’ समापन, संगठन सुदृढीकरणमा जोड

हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औं स्मृति दिवसको अवसर पारेर आफ्नो साङ्गठनिक सुदृढीकरणका लागि सञ्चालित ‘जरा अभियान’ को औपचारिक समापन गरेको छ। मकवानपुर कांग्रेसले बुधबार हेटौँडा-२ स्थित कालिका पार्टी प्यालेसमा एक विशेष समारोहको आयोजना गर्दै बिपी स्मृति सभा र जरा अभियान समापन कार्यक्रमलाई एकसाथ सम्पन्न गरेको हो। ​नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरका सभापति बुद्ध लामाको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कांग्रेसकी पूर्व सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ को प्रमुख आतिथ्यता रहेको थियो। पार्टीलाई तल्लो तह (जरा) बाटै बलियो र अनुशासित बनाउने उद्देश्यले सुरु गरिएको यस अभियानको समापन समारोहमा जिल्लाका शीर्ष नेता तथा…
Read More
मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: मिटरब्याजका फर्जी लिखित अवैध, पोखरा र भैरहवा विमानस्थलमा शुल्क छुट

मन्त्रिपरिषद्का ७ महत्त्वपूर्ण निर्णय: मिटरब्याजका फर्जी लिखित अवैध, पोखरा र भैरहवा विमानस्थलमा शुल्क छुट

काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अदालत, उडान शुल्क, कर मिनाहा र छानबिन समितिसहित ७ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ। सरकारले विशेष र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटरब्याज सम्बन्धी फर्जी लिखितहरूलाई आजैका मितिदेखि अवैध घोषणा गर्ने कदम चालेको छ। मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालत र उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष पदमा तोकिएको छ। यसैगरी, गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णयसमेत आजैको बैठकले गरेको छ। ​उडान प्रवर्द्धन र सर्वसाधारणको राहतका लागि आजको मन्त्रिपरिषद् बैठकले विशेष छुट तथा मिनाहाका घोषणाहरू गरेको छ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय…
Read More
हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा-४ मा मधुमेहका बिरामी लक्षित निःशुल्क आँखा तथा पर्दा जाँच शिविर सञ्चालन

हेटौँडा, ६ साउन । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ स्थित मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रमा मधुमेह (डायबिटिज) का बिरामीहरूलाई लक्षित गरी निःशुल्क आँखा तथा पर्दा (रेटिना) जाँच शिविर आयोजना गरिएको छ। हेटौँडा-४ वडा कार्यालयको आयोजना तथा मोहन बज्राचार्य आधारभूत स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको शिविरमा बिहानैदेखि स्थानीय सेवाग्राहीहरूको उपस्थिति रहेको छ। ​विशेषगरी मधुमेह भएका व्यक्तिहरूमा पछि गएर आँखाको पर्दामा गम्भीर समस्या (डायबिटिक रेटिनोप्याथी) देखिने जोखिम रहने भएकाले समयमै त्यसको पहिचान र रोकथाम गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने 'क्योर ब्लाइन्ड्नेस प्रोजेक्ट' (Cure Blindness Project) को समेत सहयोग रहेको…
Read More
एमालेका ६ मन्त्रीको सामूहिक राजीनामासँगै बागमती प्रदेश सरकार संकटमा, मुख्यमन्त्री बानियाँ अल्पमतमा

एमालेका ६ मन्त्रीको सामूहिक राजीनामासँगै बागमती प्रदेश सरकार संकटमा, मुख्यमन्त्री बानियाँ अल्पमतमा

हेटौंडा— नेपाली कांग्रेस र नेकपा एमालेबीचको दुई वर्ष लामो सत्ता सहकार्य टुङ्गिँदै बागमती प्रदेश सरकार गम्भीर राजनीतिक संकटमा फसेको छ। नेपाली कम्युनिष्ट पार्टीले वाम सहकार्यको निर्णय गरेलगत्तै केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रदेश सरकारहरूको नयाँ समीकरणबारे सहमति भएको थियो। सोही शीर्ष नेतृत्वको निर्देशनबमोजिम एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले ६ साउनमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ६ जना मन्त्रीको सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत औपचारिक रूपमा फिर्ता लिएका हुन्। ​राजीनामा बुझाउनेहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरणमन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री बिन्दु श्रेष्ठ, स्वास्थ्य विषय हेर्ने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.