Day: २०८३ कार्तिक २८, शनिबार १८:३७

दिव्य सेवा निकेतनको देउसी भैलोबाट ७ लाख १४ हजार बढी सङ्कलन, स्वास्थ्य कोषमा जम्मा गरिने

दिव्य सेवा निकेतनको देउसी भैलोबाट ७ लाख १४ हजार बढी सङ्कलन, स्वास्थ्य कोषमा जम्मा गरिने

हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलले आश्रित वृद्धवृद्धाहरूको स्वास्थ्य उपचार सहयोगार्थ सञ्चालन गरेको सामूहिक देउसी भैलो कार्यक्रम आज भव्यताका साथ समापन भएको छ। आश्रम परिसरमै मकवानपुरका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका अगुवा, जनप्रतिनिधि र आश्रयस्थलका ज्येष्ठ नागरिकहरूसँगै देउसी भैलो खेलेर कार्यक्रमको समापन गरिएको हो। ​हेटौँडा उपमहानगरपालिकाका विभिन्न १३ स्थानमा खेलिएको देउसी भैलो तथा देश–विदेशमा रहेका सहयोगी मनहरूबाट प्राप्त रकमसहित कुल ७ लाख १४ हजार २११ रुपैयाँ सङ्कलन भएको छ। उक्त सङ्कलित रकम ज्येष्ठ नागरिकहरूको दीगो स्वास्थ्य उपचारका लागि स्थापना गरिएको स्वास्थ्य सेवा कोषमा जम्मा गरिने आश्रयस्थलले जनाएको छ। ​यसै सन्दर्भमा दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक…
Read More
सुकुटे–२१ किलो सडक कालोपत्रेलाई बहुवर्षीय योजनामा समेटिने, मन्त्री पौडेलद्वारा स्थलगत अवलोकन

सुकुटे–२१ किलो सडक कालोपत्रेलाई बहुवर्षीय योजनामा समेटिने, मन्त्री पौडेलद्वारा स्थलगत अवलोकन

सिन्धुपाल्चोक, २८ कात्तिक । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले प्रदेश लोकमार्गअन्तर्गत पर्ने सुकुटे–मिलडाँडा–बाघभैरव–वाफल–लिसंखु–घ्याङडाँडा–२१ किलो सडकखण्डको स्तरोन्नति र कालोपत्रेका लागि बहुवर्षीय योजना अगाडि सारिने बताउनुभएको छ। निवर्तमान संघीय सांसद माधव सापकोटा, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा तथा पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्राविधिकहरूसहित सुनकोसी गाउँपालिका–१ र २ तथा लिसंखुपाखर क्षेत्रको सडक अनुगमन गर्दै मन्त्री पौडेलले उक्त प्रतिबद्धता जनाउनुभएको हो। ​अवलोकनका क्रममा मन्त्री पौडेलले यो सडकले स्थानीयको दैनिक आउजाउमा सहजता ल्याउनुका साथै समग्र भेगकै आर्थिक, सामाजिक र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। मुख्य लोकमार्गसँगै ग्रामीण भेगका शाखा बाटाहरूको समेत सुधार गरी स्थानीय कृषि उपज, बजार…
Read More
हेटौंडाबाट पेस्तोल र अटो सहित दुई जना पक्राउ

हेटौंडाबाट पेस्तोल र अटो सहित दुई जना पक्राउ

हेटौंडा, २८ कात्तिक । हेटौंडाबाट अवैध हतियार र अटो सहित दुई जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हेडक्वार्टर मकवानपुरबाट खटिएको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा सुरक्षा निकायले आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ। ​घटना विवरण अनुसार, मिति २०८३ साल कात्तिक २८ गते मध्याह्न अन्दाजी १२:१५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल क्षेत्रमा सुरक्षा जाँच भइरहेको थियो। सशस्त्र प्रहरी निरीक्षक ऋषिराम पौडेलको कमाण्डमा खटिएको १० जनाको टोली र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले बागमती प्रदेश ०३-००१ ह ११८१ नम्बरको अटोलाई रोकी जाँच गर्न खोजेको…
Read More
भीमफेदी-काठमाण्डौ : सडकमा मृत्युको जोखिम,कति जीवन गुमेपछि बन्छ सुरुङमार्ग ?

भीमफेदी-काठमाण्डौ : सडकमा मृत्युको जोखिम,कति जीवन गुमेपछि बन्छ सुरुङमार्ग ?

भीमफेदी- कुलेखानी सडकको इतिहास जलविद्युत् आयोजनासँग जोडिएको छ। कुलेखानी जलविद्युत् आयोजनाको पहुँच, निरीक्षण र सञ्चालनलाई सहज बनाउन करिब १६ किलोमिटर लामो सडक निर्माण गरिएको थियो। वि.सं. २०३९ (सन् १९८२) मा कुलेखानी जलविद्युत् आयोजना सम्पन्न भई सञ्चालनमा आएको थियो। पछि यही मार्गलाई हेटौंडा- भीमफेदी- कुलेखानी-सिस्नेरी- दक्षिणकाली हुँदै काठमाडौं जोड्ने छोटो वैकल्पिक मार्गका रूपमा विकास गरियो। दक्षिणकालीदेखि कुलेखानीसम्मको सडक निर्माण वि.सं. २०४९ मा सुरु भई २०६३ मा सम्पन्न भएको विवरण छ। तर विडम्बना जुन सडकले दूरी घटाउने, समय बचाउने र यात्रालाई सहज बनाउने सपना बोकेको थियो आज त्यही सडक धेरै परिवारको आँसु र पीडाको कारण बन्दै गएको छ। साँघुरो बाटो, घुम्ती नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.