२०८३ भाद्र ५, शुक्रबार २०:४८
२०८३ भाद्र ५, शुक्रबार २०:४८
हेटौंडा— अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीको दोस्रो ऐतिहासिक सम्मेलनले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने संकल्पका साथ रिजन जीसी को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। स्थानीय तहमा शैक्षिक सुधार र विद्यार्थी हकहितका मुद्दाहरू ओझेलमा परिरहेको गुनासोबीच सम्पन्न यस सम्मेलनले युवा र ऊर्जावान् नेतृत्वलाई अगाडि सारेको हो। नवनिर्वाचित टिमले नगर क्षेत्रभित्र रहेका शैक्षिक निकायहरूमा विद्यमान बेथिति अन्त्य गर्दै संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेको छ। हेटौंडालाई प्राविधिक र गुणस्तरीय शिक्षाको हब बनाउने चुनौती र अवसर दुवै बोकेर उदाएको जीसी नेतृत्वको यो टिमप्रति स्थानीय विद्यार्थी समुदायले उच्च अपेक्षा राखेका छन्। केवल औपचारिक बधाईमा सीमित नरही, नयाँ कमिटीले विद्यार्थी आन्दोलनलाई थप सशक्त, रचनात्मक…