केन्द्रीय सभापति गगन थापाको घर जाने बाटो अवरोध गरिएको भन्दै कांग्रेस मकवानपुरका सभापति लामाद्वारा घोर आपत्ति, छानबिनको माग

हेटौँडा ।
नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पार्टीका केन्द्रीय नेताको निवास क्षेत्रमा भएको शङ्कास्पद गतिविधिप्रति सामाजिक सञ्जालमार्फत आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घोर आपत्ति व्यक्त गर्नुभएको छ। सभापति लामाले आफ्नो आधिकारिक फेसबुक स्टेटस (बुद्ध लामा ब्लोन) मार्फत नेपाली कांग्रेसका केन्द्रीय नेता गगन थापाको घर जाने बाटोमा अज्ञात व्यक्तिहरूले गाडी राखेर अवरोध सिर्जना गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोख्नुभएको हो।

​ आफ्नो स्टाटसमा सभापति लामाले लेख्नुभएको छ, “नेपाली कांग्रेसका केन्द्रीय सभापति गगन थापाको घरजाने बाटो अगाडि अज्ञात ब्यक्तिहरुले गाडी राख्ने र विभिन्न ब्यवसायी एवं स्वतन्त्र प्रेसहरूका मुख्य गेट अगाडि गाडी राख्ने कार्य तर्साउने, धम्काउने, असामाजिक कार्य हो, यसप्रति घोर आपत्ति ब्यक्त गर्दछु।” उहाँले यस प्रकारका हर्कतहरू स्वतन्त्रता र सुरक्षामाथिको धावा भएको संकेत गर्दै यस्ता गतिविधिलाई तुरुन्त रोक्न माग गर्नुभएको छ।

​यसैगरी सभापति लामाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग समेत गर्नुभएको छ। नेपाली कांग्रेस संविधान, मौजुदा व्यवस्था र लोकतन्त्रका लागि सधैँ प्रतिबद्ध रहेको स्मरण गराउँदै उहाँले भन्नुभएको छ, “यस्तो कार्य गर्ने गराउने जोसुकै होस छानविन गरी कानुनको दायरामा ल्याउन सरकारलाई आग्रह गर्दछु। नेपाली कांग्रेस संविधान, ब्यवस्था, लोकतन्त्र कोलागि प्रतिवद्ध छ, बोल्नको लागि जस्तो सुकै चुनौतिको सामना गर्नेछ, कसैको धाक धम्कीले बोल्न छाड्ने छैनौ, खबरदार भन्छौ। जय नेपाल !”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.