२०८३ आश्विन २०, मंगलवार २०:३८
२०८३ आश्विन २०, मंगलवार २०:३८
नेपालको इतिहासमा केही रातहरू यस्ता छन्, जुन बिहान भएपछि देश पहिलेको जस्तो रहँदैन। कोतपर्वको रात त्यस्तै थियो। भण्डारखालको रात पनि त्यस्तै थियो। समय फेरियो। शासन फेरियो। पुस्ता फेरिए। तर सत्ता, शक्ति र असन्तोषको कथा फेरि-फेरि नयाँ रूप लिएर फर्किरह्यो। यसपटक स्थान थियो, "माइतीघर।" त्यसैले इतिहासका पुराना पाना पल्टाउनेहरूले यस घटनालाई व्यंग्य गर्दै नयाँ नाम दिए- "माइतीघर पर्व।" यो नाम कुनै सरकारी इतिहासको किताबमा लेखिएको थिएन। कसैले राजकीय घोषणा गरेको थिएन। जनताको स्मृतिमा जन्मिएको एउटा नाम थियो। कोतबाट माइतीघरसम्म राणाकालमा कोत केवल एउटा ठाउँ थिएन। त्यो शक्ति जम्मा हुने ठाउँ थियो। त्यहाँ भएको एउटा हिंसात्मक घटनाले नेपालको शासनको दिशा नै बदलिदियो।…