२०८३ आश्विन २७, मंगलवार २१:०५
२०८३ आश्विन २७, मंगलवार २१:०५
हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा जारी 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' अन्तर्गत तेस्रो दिन आज (मङ्गलबार) सञ्चालन भएका दुवै खेलहरू रोमाञ्चक रूपमा सम्पन्न भएका छन्। आज भएका खेलहरूबाट नमुना मेनरोड र कालिका माई टोल विकास संस्था विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा नमुना मेनरोड टोल विकास संस्थाले ॐ नगर टोल विकास संस्थालाई १-० गोल अन्तरले पराजित गर्दै कठिन जित हात पार्यो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा नमुना मेनरोडलाई जित दिलाउन जर्सी नम्बर १९ का खेलाडी विश्वास अधिकारीले निर्णायक प्रदर्शन गर्नुभयो। उत्कृष्ट खेल प्रदर्शन गर्नुभएका अधिकारी उक्त खेलको 'म्यान अफ दि म्याच' घोषित…