२०८३ आश्विन १७, शनिबार १६:५७
२०८३ आश्विन १७, शनिबार १६:५७
हेटौँडा। मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नं. १५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा गत साउन २२ गते भेटिएको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको मृतकको स्केच, कपडा, खुट्टाको बिछिया, कानको मुन्द्रा, हातको लहठी र नाकको फुलीका आधारमा पहिचान खुलेको हो। अनुसन्धानका क्रममा मृतक भारतको बेतिया बैरिया थाना सरैया भटवलियाकी २२ वर्षीया अफ्रिना प्रविन (रुची खातुन) रहेको पुष्टि भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिला घटना हुनुभन्दा करिब दुई महिना अघिदेखि चितवनको भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोक, गणेश मार्ग टोलमा कोठा भाडामा बस्दै आएकी थिइन्। उनी भारत घर…