Day: २०८३ आश्विन १०, शनिबार २१:०१

असोस ११ गते हेटौँडामा जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता हुने

असोस ११ गते हेटौँडामा जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता हुने

हेटौँडा। संस्थागत विद्यालय शिक्षक युनियन (ISTU) हेटौँडा उपमहानगरपालिका समितिको आयोजनामा यही असोज ११ गते 'जिल्ला स्तरीय पुरुष शिक्षक/कर्मचारी फुटसल प्रतियोगिता-२०८३' आयोजना हुने भएको छ। संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच आपसी भाइचारा, एकता, स्वास्थ्य, खेलकुद भावना र पेसागत सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ एकै दिनमा सम्पन्न हुने गरी प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। हेटौँडा-४ स्थित निम्बो ब्याम्बो कटेजमा आयोजित पत्रकार सम्मेलनमा युनियनका अध्यक्ष नवीन कुमार मिश्रले प्रतियोगितासम्बन्धी विवरण सार्वजनिक गर्नुभयो। ​असोस ११ गते एकै दिनमा सबै खेलहरू सम्पन्न गरिने यस प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १६ वटा संस्थागत विद्यालयहरू र आयोजकको १ टोली गरी कुल १७ वटा टिमको सहभागिता रहने…
Read More
हेटौंडास्थित भुटनदेवी माविमा अभिभावक भेला: व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन हुँदै, विद्यार्थीलाई छात्रवृत्ति वितरण

हेटौंडास्थित भुटनदेवी माविमा अभिभावक भेला: व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन हुँदै, विद्यार्थीलाई छात्रवृत्ति वितरण

हेटौंडा। हेटौंडास्थित श्री भुटनदेवी माध्यमिक विद्यालयको अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयनको प्रक्रिया अगाडि बढ्नुका साथै जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिसमेत वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा सम्पन्न उक्त भेलामा शिक्षा क्षेत्रका प्रतिनिधि, पत्रकार तथा स्थानीय निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। ​कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भुटनदेवी स्कुल केवल पुरानो मात्र नभई ठूलो इतिहास बोकेको संस्था भएको बताउनुभयो। देशको समग्र व्यवस्था परिवर्तनमा यस विद्यालयका शिक्षकहरूको अतुलनीय योगदान रहेको स्मरण गराउँदै उहाँले भन्नुभयो, "हामी आज जुन व्यवस्थामा छौँ, त्यसमा यहाँका शिक्षकहरूको ठूलो योगदान…
Read More
मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान तथा घुम्ती स्वास्थ्य शिविर सञ्चालनमा, भोलि चितवनमा हुने

हेटौँडा, मकवानपुर । विकलाङ्ग मित्र समूह / अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपा, काभ्रेपलाञ्चोक र हेटौँडा उपमहानगरपालिकाको संयुक्त आयोजनामा मकवानपुरमा शारीरिक अपाङ्गता पहिचान, स्वास्थ्य परीक्षण तथा पुनःस्थापना घुम्ती शिविर सञ्चालन भइरहेको छ। यसअघि तीन जिल्लामा सफलतापूर्वक सम्पन्न भइसकेको यो अभियानअन्तर्गत चौथो जिल्लाका रूपमा आज बिहान ९ बजेदेखि मकवानपुरको हेटौँडा अस्पताल परिसरमा शिविर सुरु भई हाल निरन्तर चलिरहेको छ। ​१८ वर्षसम्मका बालबालिकाहरूलाई लक्षित गरी आयोजना गरिएको यस घुम्ती शिविरमा शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार परामर्श प्रदान गरिँदै छ। शिविरमा जन्मजात खुट्टाको पैतला भित्र फर्केको (क्लब फुट), आगोले पोलेर अङ्गहरू टाँसिएको, भाँचिएर बाङ्गो भएको वा हड्डी नजोडिएको,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.