Day: २०८३ आश्विन ४, आईतवार १९:४९

मकवानपुर क्रिकेट संघको नवौँ वार्षिक साधारण सभा हेटौँडामा सम्पन्न

मकवानपुर क्रिकेट संघको नवौँ वार्षिक साधारण सभा हेटौँडामा सम्पन्न

हेटौँडा, असोज ४ । मकवानपुर क्रिकेट संघको नवौँ वार्षिक साधारण सभा आइतबार हेटौँडामा सम्पन्न भएको छ। संघका अध्यक्ष करण महत्रा क्षेत्रीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो। उद्घाटन सत्रमा बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। ​कार्यक्रममा प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, मकवानपुर क्रिकेट संघका संस्थापक अध्यक्ष अरुणराज सुमार्गी, मधेश प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुभाष जेसवाल, पर्सा क्रिकेट संघका अध्यक्ष मनिष राज सिंह तथा दिपेन्द्र ढकालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा उहाँहरूले संघको उत्रोत्तर प्रगति…
Read More
३५ वर्षमा केही भएन ?

३५ वर्षमा केही भएन ?

“बहुदल आएको ३५ वर्षमा देशले के गर्‍यो ?” यो प्रश्न आजकल निकै सुनिन्छ। प्रश्न गर्नु गलत होइन। लोकतन्त्रमा सरकार, दल र नेतृत्वसँग प्रश्न गर्नैपर्छ। तर प्रश्नको उत्तर खोज्दा तथ्यलाई आधा मात्र हेर्नु पनि ठीक होइन। ३५ वर्षमा नेपालले जे गर्न सक्थ्यो, त्यो सबै गरेको छैन। तर केही पनि भएन भन्नु पनि तथ्य होइन। यी दुईबीचको सत्य बुझ्न नेपालको पछिल्लो ३५ वर्षको राजनीतिक, सामाजिक र आर्थिक यात्रा सँगसँगै हेर्नुपर्छ। २०४६ सालपछि नेपालले स्थिर राजनीतिक यात्रा गर्न सकेन। कुनै एउटा दलले लगातार बलियो बहुमतसहित लामो समय सरकार चलाउन सकेन। सरकार बन्ने, गठबन्धन फेरिने र सरकार ढल्ने क्रम चलिरह्यो। यही अवधिमा २०५२ देखि…
Read More
अधिवेशनमार्फत वडा-वडामै नेतृत्व निर्माण र समावेशी समावेशिता अभ्यास गर्दै मकवानपुर कांग्रेस

अधिवेशनमार्फत वडा-वडामै नेतृत्व निर्माण र समावेशी समावेशिता अभ्यास गर्दै मकवानपुर कांग्रेस

हेटौँडा : नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरका सबै १०२ वटै वडामा आइतबारदेखि सुरु भएको वडा अधिवेशन केवल कार्यसमिति चयनमा मात्र सीमित नभई स्थानीय स्तरमै फराकिलो र समावेशी नेतृत्व निर्माणको अभ्यास बनेको छ। जिल्ला निर्वाचन समितिका अनुसार वडा सभापतिसहित कुल २ हजार ५ सय ९२ जना क्षेत्रीय प्रतिनिधि चयन हुने यस प्रक्रियामा युवा, महिला, अपाङ्गता भएका व्यक्ति, दलित, श्रमिक तथा पेसागत बुद्धिजीवीको दरिलो उपस्थिति सुनिश्चित गरिएको छ। वडा तहबाटै समावेशी सिद्धान्तलाई कडाइका साथ लागू गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने रणनीतिमा पार्टी देखिएको छ। ​११ हजार ६१७ जना क्रियाशील सदस्य रहेको मकवानपुरमा क्रियाशील सदस्यको संख्याका आधारमा २३ जनादेखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.