Day: २०८३ भाद्र ३०, मंगलवार १७:१४

हेटौंडा–कुलेखानी सडकखण्डको सुकौरामा EV गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

हेटौंडा–कुलेखानी सडकखण्डको सुकौरामा EV गाडी दुर्घटना: ४ जनाको मृत्यु, ४ घाइते

काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको यात्रुवाहक विद्युतीय गाडी (EV) मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन्। हेटौंडा–भिमफेदी–कुलेखानी–फाखेल सडकखण्डमा गुडिरहेको म.प्र.०३-००१ ज ०७२० नम्बरको उक्त भाडाको EV गाडी आज मिति २०८३ भाद्र ३० गते दिउँसो करिब २:०० बजे अनियन्त्रित भई सडकबाट करिब १,००० मिटर तल खसेको हो। ​दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भिमफेदी र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक, तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा ट्राफिकसहित २१ जनाको संयुक्त टोली खटिएको थियो। साथै, सशस्त्र…
Read More
लिङ्देन र शाहीको उपस्थितिमा राप्रपा मकवानपुरको १०औँ अधिवेशन भोलि: अध्यक्षमा श्रेष्ठ र प्रजाको भिडन्त निश्चित

लिङ्देन र शाहीको उपस्थितिमा राप्रपा मकवानपुरको १०औँ अधिवेशन भोलि: अध्यक्षमा श्रेष्ठ र प्रजाको भिडन्त निश्चित

हेटौँडा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको सांगठनिक नेतृत्व चयनका लागि १०औँ ऐतिहासिक जिल्ला अधिवेशन भोलि भदौ ३१ गते हेटौँडा–४ स्थित ड्रागन ब्याङ्केटमा आयोजना हुँदैछ। पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख प्रवक्ता ज्ञानबहादुर शाहीसहित केन्द्रीय तथा बागमती प्रदेशस्तरीय शीर्ष नेताहरूको उपस्थितिमा हुन लागेको यस अधिवेशनले जिल्लाको नयाँ राजनीतिक समीकरण निर्माण गर्ने अपेक्षा गरिएको छ। भोलि बिहान ११:०० बजेदेखि सुरु हुने कार्यक्रममा बागमती प्रदेश संसदीय दलका पदाधिकारी, सदस्यहरू तथा स्थानीय नेता-कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहनेछ। ​बागमती प्रदेश संसदीय राजनीति र स्थानीय सङ्गठनमा राम्रो पकड मानिएको मकवानपुर राप्रपाको यो अधिवेशन यसपटक केवल औपचारिक समारोहमा मात्र सीमित नरही तीव्र सांगठनिक प्रतिस्पर्धाको मोडमा पुगेको छ।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.