Day: २०८३ भाद्र १८, बिहीबार १९:२३

प्राकृतिक विपत्तिको प्रहारपछि बालबालिकाको भविष्य सुरक्षित गर्दै बागमती प्रदेश सरकार

प्राकृतिक विपत्तिको प्रहारपछि बालबालिकाको भविष्य सुरक्षित गर्दै बागमती प्रदेश सरकार

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले कैयौँ बालबालिकाको गाँस र बास मात्र खोसेन, उनीहरूका सहारा बनेका आमा–बुबालाई समेत सधैँका लागि खोसिदियो। एकाएक अभिभावकविहीन बनेर अन्योलमा परेका तिनै बालबालिकाको संरक्षण र भविष्यको जिम्मा अब बागमती प्रदेश सरकारले लिने भएको छ। बाढीको shock र पीडामा रहेका बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन सरकारले कक्षा १२ सम्म आवासीय सुविधासहित निःशुल्क पढाउने महत्त्वाकांक्षी निर्णय गरेको छ। ​मुख्यमन्त्री किरण थापा मगरको अध्यक्षतामा हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले विपद्को यो कठिन घडीमा मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै सो कदम चालेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरतबहादुर केसीका अनुसार रसुवासहित बाढीबाट बढी प्रभावित नुवाकोट, धादिङ र चितवनका अभिभावक…
Read More
आन्दोलनबाट सत्तासम्म : के ओलीको ‘अनकन्टक नेतृत्व’ नै एमालेको स्खलनको कारण बन्दैछ ?

आन्दोलनबाट सत्तासम्म : के ओलीको ‘अनकन्टक नेतृत्व’ नै एमालेको स्खलनको कारण बन्दैछ ?

पहिला राजनीतिक दलहरू प्रतिबन्धित थिए। पञ्चायती व्यवस्था सर्वसत्तावादी थियो। नागरिकका राजनीतिक अधिकार सीमित थिए। त्यसैले आन्दोलनहरू भइरहन्थे। ती आन्दोलन केवल सत्ता परिवर्तनका लागि मात्र थिएनन्। नेतृत्व निर्माणका विश्वविद्यालय पनि थिए। राजनीतिक दलका नेताहरू सडकमा संघर्ष गर्थे। जेल जान्थे। जनताका बीच पुग्थे र आफ्ना विचार तथा संगठनको परीक्षण गर्थे। आन्दोलनले नेताहरूलाई तिखार्ने काम गर्थ्यो। त्यही क्रममा आम जनतामाझ उनीहरूको नेतृत्व स्थापित हुन्थ्यो। संघर्षबाट आएको नेतृत्वप्रति जनताको विश्वास पनि त्यसैअनुसार गहिरो हुन्थ्यो। तर लोकतान्त्रिक संविधान जारी भएपछि राजनीतिक परिस्थिति धेरै बदलियो। साना-तिना विरोध, आन्दोलन र असन्तुष्टि भए पनि विगतमा जस्ता ठूला राजनीतिक जनसंघर्षका कार्यक्रमहरू लगभग समाप्त भए। अब राजनीतिक नेतृत्वको परीक्षा सडकको…
Read More
संकटमा मानवताको उदाहरण: हेटौंडामा विभिन्न संघसंस्थाहरूको पालो मिलाएर यात्रुलाई निःशुल्क खाना

संकटमा मानवताको उदाहरण: हेटौंडामा विभिन्न संघसंस्थाहरूको पालो मिलाएर यात्रुलाई निःशुल्क खाना

हेटौंडा। रसुवाको भोटेकोसीमा आएको भीषण बाढीका कारण मुख्य सडक मार्गहरू अवरुद्ध भएपछि पूर्व–पश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ हुँदै काठमाडौं आवतजावत गर्ने गाडी र यात्रुहरूको चाप अत्यधिक बढेको छ। घण्टौंसम्मको कष्टकर यात्रा, बाटोको सास्ती र समयको चापका कारण भोकै यात्रा गर्न बाध्य नागरिकहरूलाई लक्षित गर्दै हेटौंडामा सामाजिक संस्थाहरूले राहतको हात बढाएका छन्। ​यात्राका क्रममा यात्रुहरूले भोग्नुपरेको समस्यालाई सम्बोधन गर्न सुरु गरिएको निःशुल्क खाना अभियान अब कुनै एक संस्थामा मात्र सीमित नरही बृहत् साझा सामाजिक अभियानका रूपमा अघि बढेको छ। सुरुमा नागरिक समाज मकवानपुरले हेटौंडा–१ स्थित भाटभटेनी अगाडिबाट सुरु गरेको यो मानवीय सेवामा नगरका अन्य सामाजिक संघसंस्थाहरूले पनि सक्रिय सहभागिता र हातेमालो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.