२०८३ भाद्र १४, आईतवार १७:५३
२०८३ भाद्र १४, आईतवार १७:५३
मनहरी (मकवानपुर) — रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित भएकाहरूका लागि मकवानपुरको मनहरी गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा क्षति पुर्याएपछि गाउँपालिकाले उद्धार तथा राहतका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। आइतबार बसेको मनहरी गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले पालिकाको कोषबाट १० लाख रुपैयाँ प्रधानमन्त्री विपद् सहायता कोषमा जम्मा गर्ने निर्णय गरेको छ। यसैगरी, बाढीपीडितको सहयोगार्थ गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफ्नो ३ महिनाको सेवा सुविधा र अन्य जनप्रतिनिधिहरूले १ महिनाको सेवा सुविधा बापतको रकम सोही कोषमा जम्मा गर्ने निर्णय भएको पालिकाले जनाएको…