२०८३ श्रावण ३०, शनिबार १३:४२
२०८३ श्रावण ३०, शनिबार १३:४२
हेटौँडा, ३० साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रको आयोजनामा आज हेटौँडा–१ स्थित रक्त सञ्चार केन्द्रमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। हेटौँडामा हाल देखा परेको रगतको चरम अभावलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ७३ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन्। कार्यक्रममा औचित्यमाथि प्रकाश पार्दै कार्यक्रमका अध्यक्ष एवं नेकपा एमाले हेटौँडा उपमहानगरपालिका जनसंगठन समन्वय संयन्त्रका संयोजक सुशीला मल्लले भूकम्प, कोरोना महामारी वा अन्य जुनसुकै विपद् र संकटको समयमा एमाले र यसका जनसंगठनहरू सदैव अग्रपंक्तिमा रहेर जनसेवामा खट्दै आएको स्मरण गराउनुभयो। सोही परम्परा र सामाजिक दायित्वलाई निरन्तरता दिँदै अहिलेको रगत अभावको संकट समाधानका लागि…