२०८३ असार २९, सोमबार २१:३६
२०८३ असार २९, सोमबार २१:३६
कलाकारहरू सामाजिक र राजनीतिक बेथिति विरुद्ध बोल्न हिचकिचाउने आरोप लागिरहेका बेला लोकप्रिय अभिनेत्री केकी अधिकारीले सरकारको काम गर्ने शैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै उनले देश विकासका लागि प्रचारमुखी 'स्टन्ट' भन्दा ठोस कामको आवश्यकता रहेको औंल्याएकी हुन्। नेपाली युवाहरूको प्रमुख समस्याको रूपमा रहेको बेरोजगारीको मुद्दालाई जोडदार रूपमा उठाउँदै उनले सरकारलाई लोकप्रियतावादी क्रियाकलाप छोडेर दैनिक रूपमा सिर्जना भएका रोजगारीको वास्तविक तथ्याङ्क सार्वजनिक गर्न चुनौती दिएकी छन्। नागरिकस्तरमा बढ्दै गएको चरम निराशालाई सम्बोधन गर्न अब गफ मात्र नभएर परिणाममुखी काम चाहिने उनको तर्क छ। जनतामा व्याप्त निराशा हटाउन र देशलाई समृद्धिको बाटोमा लैजान 'सस्तो स्टन्ट' बन्द…