२०८३ आश्विन १४, बुधबार २०:००
२०८३ आश्विन १४, बुधबार २०:००
पूर्व–पश्चिम राजमार्गअन्तर्गत परेको रजैया–मनहरी–लोथर सडकखण्डमा दिनप्रतिदिन खाल्डाखुल्डी बढ्दै जाँदा दुर्घटनाको जोखिम उच्च बनेको भन्दै नेकपा (एमाले) मनहरी गाउँपालिका कमिटीले डिभिजन सडक कार्यालय, हेटौंडाको ध्यानाकर्षण गराएको छ। लामो समयदेखि सडकको स्तरोन्नति र मर्मत-सम्भार नहुँदा सर्वसाधारण तथा सवारी चालकहरूले सास्ती व्यहोर्नुपरेको र दैनिकजसो साना-ठूला दुर्घटनाहरू भइरहेको विषयलाई गम्भीरताका साथ उठाउँदै एमालेले तत्काल मर्मत कार्य अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमार्फत नेकपा (एमाले) मनहरी पालिका कमिटीले डिभिजन सडक कार्यालयलाई ७ दिनभित्र उक्त सडकखण्डका खाल्डाखुल्डी पुर्ने र मर्मतको काम सुरु गर्न स्पष्ट समयसीमा (अल्टीमेटम) दिएको छ। तोकिएको अवधिभित्र मर्मतको काम सुरु नभएमा जनताको जीउधनको रक्षाका लागि कडा आन्दोलनका कार्यक्रमहरू अघि बढाउन बाध्य…