२०८३ असार २३, मंगलवार १७:३०
२०८३ असार २३, मंगलवार १७:३०
हेटौँडा । बाग्मती प्रदेशको राजधानी हेटौँडा-४ स्थित लोकतान्त्रिक चौर (हुप्र) केवल खेलकुद र हिँडडुल गर्ने स्थानमा मात्र सीमित नभई अब देशकै नमूना 'महिला मैत्री तथा जलवायु उत्थानशील' खुल्ला क्षेत्रका रूपमा रूपान्तरण हुने भएको छ । कुनै समय गाईभैँसी चर्ने र सवारी साधन सिक्ने अस्तव्यस्त मैदानको रूपमा रहेको यो चौरलाई पछिल्लो समय व्यवस्थित बनाउँदै लगिएको छ । यसै क्रममा चौरलाई थप सुरक्षित, आधुनिक र पर्यावरण-मैत्री बनाउन "महिला मैत्री सहर: समावेशी र जलवायु उत्थानशील सहरीकरण परियोजना" अन्तर्गत रु. ८१ लाखको नयाँ ठेक्का (बोलपत्र) आह्वान गरिएको छ । नगर विकास क्षेत्रभित्रको मुटुमा रहेको यस चौरलाई विगतमा पर्खाल लगाएर सुरक्षित गरिएपछि यहाँको स्वरूप बदलिने…