Day: २०८३ कार्तिक २१, शनिबार २०:४८

तिहार तथा छठको अवसरमा मामाघर नेपाललाई हेटौंडा-११ काङ्ग्रेसको सहयोग

तिहार तथा छठको अवसरमा मामाघर नेपाललाई हेटौंडा-११ काङ्ग्रेसको सहयोग

नेपाली काङ्ग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ समितिले मामाघर नेपालमा रहेका बालबालिकाहरूलाई खाद्यान्न तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। तिहार तथा छठ पर्वको अवसरमा डाङ्डुङ्गेस्थित सडक बालबालिकाको संरक्षण गर्दै आएको उक्त संस्थामा पुगी काङ्ग्रेस वडा समितिले शुभकामना आदानप्रदानसहित सहयोग सामग्री उपलब्ध गराएको हो। ​काङ्ग्रेस वडा सभापति विकास नेपालको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सभापति बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा समितिका ६० जना सदस्यहरूको सहभागिता रहेको जानकारी गराइएको छ। ​वडा समितिले संस्थामा संरक्षित बालबालिकाहरूका लागि आवश्यक खाद्यान्न, सरसफाइका सामान र नगदसहित जम्मा २१ हजार ८ सय १० रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरेको छ। ​सहयोग…
Read More
प्रेस चौतारी मकवानपुरको शुभकामना आदानप्रदान: प्रेस स्वतन्त्रता र अधिकार हननप्रति वक्ताहरूको गम्भीर चिन्ता

प्रेस चौतारी मकवानपुरको शुभकामना आदानप्रदान: प्रेस स्वतन्त्रता र अधिकार हननप्रति वक्ताहरूको गम्भीर चिन्ता

हेटौंडा, २१ कात्तिक (२०८३) – प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा शनिबार हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा चाडपर्व लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। प्रेस चौतारी मकवानपुरका अध्यक्ष सरिता दाहालको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख माननीय दीपक प्रसाद देवकोटाको प्रमुख आतिथ्य तथा बागमती प्रदेशकी प्रथम महिला रुक्मणी देवकोटाको विशेष आतिथ्य रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य संस्थाका सहसचिव सुमन दाहालले राख्नुभएको थियो भने कार्यक्रममा जनप्रतिनिधि, पत्रकार महासंघ तथा विभिन्न प्रेस संगठनका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। ​कार्यक्रमका अवसरमा बोल्ने अधिकांश वक्ताहरूले वर्तमान समयमा नेपालमा प्रेस अधिकार कुण्ठित हुने खतरा बढेको र मुलुक निरंकुशतातर्फ उन्मुख हुन खोज्दा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.