Day: २०८३ कार्तिक २०, शुक्रबार १८:१९

सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

सहिद परिवारलाई घर उपहार दिएर मकवानपुरमा सुरु भयो राष्ट्रिय जागरण अभियान

२१ कार्तिक, मकवानपुर। नेपाली कम्युनिस्ट पार्टी मकवानपुरले सहिद परिवारको लागि निर्मित आवास हस्तान्तरण गर्दै राष्ट्रिय जागरण अभियानको सुरुवात गरेको छ। बागमती गाउँपालिका वडा नं. ९, बेतिनीमा आयोजित कार्यक्रममा सहिद तथा बेपत्ता योद्धाद्वय क. निरन्तर र क. अर्जुनको स्मरणमा निर्मित तीन कोठे घर आमा बर्तमाया रखाललाई हस्तान्तरण गरिएको हो। ​कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज कुमारी मोक्तानले सहिद परिवारलाई घर हस्तान्तरण गरेर अभियानको उद्घाटन गर्दा जागरण अभियानमा सकारात्मक ऊर्जा थपिने बताइन्। त्यसैगरी, केन्द्रीय सदस्य विजय गौतमले सहिदका सपना पूरा गर्ने दिशामा सम्पूर्ण पार्टी पंक्ति क्रियाशील हुनुपर्नेमा जोड दिए। जिल्ला संयोजक ध्रुव भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्यहरू प्रमिला लामा…
Read More
प्रेस युनियन मकवानपुरद्वारा ५० हजारको ‘सीतादेवी स्मृति सम्मान’ शिवाकोटीलाई प्रदान

प्रेस युनियन मकवानपुरद्वारा ५० हजारको ‘सीतादेवी स्मृति सम्मान’ शिवाकोटीलाई प्रदान

मकवानपुर । नेपाल प्रेस युनियन मकवानपुरद्वारा स्थापित जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी सुदीप शिवाकोटी सम्मानित हुनुभएको छ। शुभदीपावलीको पावन अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा विशेष समारोहका बीच शिवाकोटीलाई नगद रु. ५० हजारसहित ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको हो। ​नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल हुनुहुन्थ्यो। समारोहमा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाल तथा पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप बिष्ट लगायतका अतिथिहरूको सहभागिता रहेको थियो। अतिथिवृन्दले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.