२०८३ कार्तिक १८, बुधबार २०:२९
२०८३ कार्तिक १८, बुधबार २०:२९
हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरले स्थापना गरेको जिल्लाकै सर्वाधिक राशीको पत्रकारिता पुरस्कार पत्रकार सुदीप शिवाकोटीलाई प्रदान गर्ने निर्णय गरेको छ। युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा बुधबार बसेको कार्यसमिति बैठकले ५० हजार रुपैयाँ नगद राशीको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता सम्मान–२०८३’ शिवाकोटीलाई समर्पण गर्ने सर्वसम्मत निर्णय गरेको हो। उक्त पुरस्कारको स्थापनाका लागि गैरआवासीय नेपाली अन्तर्राष्ट्रिय संघ (एनआरएनए) का केन्द्रीय संस्थापक सचिव एवम् हाल बेलायत (यूके) निवासी चिरञ्जीवी ढकालले आर्थिक सहयोग गर्नुभएको हो। मकवानपुरको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले युनियनले यो अक्षयकोष तथा पुरस्कारको स्थापना गरेको हो। पुरस्कार प्राप्त गर्न लाग्नुभएका शिवाकोटी लामो समयदेखि सञ्चार क्षेत्रमा निरन्तर…