२०८३ कार्तिक १०, मंगलवार १९:२५
२०८३ कार्तिक १०, मंगलवार १९:२५
हेटौंडा। नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीको विस्तारित बैठक नेकपा (एमाले) बागमती प्रदेश सम्पर्क कार्यालय हेटौंडामा सम्पन्न भएको छ। संगठनको सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजित उक्त बैठकमा बागमती प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि तथा नेताहरूको सहभागिता रहेको थियो। बैठकमा मुस्लिम समुदायको हक, हित र अधिकारका साथै सांगठनिक सुदृढीकरणका विषयमा गहन छलफल भएको थियो। कार्यक्रम नेपाल मुस्लिम इत्तेहाद संगठन बागमती प्रदेश कमिटीका अध्यक्ष मोहम्मद समिम खानको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकको सञ्चालन मोहम्मद साहिलले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका उपमहासचिव जवुल मियाँले संगठनलाई जुझारु र गतिशील बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा…