Day: २०८३ आश्विन २५, आईतवार १९:४५

हेटौँडा–८ मा चौथो वडाध्यक्ष कप फुटबल सुरु: उद्घाटन खेलमा मनकामना ‘ख’ टोल विजयी

हेटौँडा–८ मा चौथो वडाध्यक्ष कप फुटबल सुरु: उद्घाटन खेलमा मनकामना ‘ख’ टोल विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा 'चौथो वडाध्यक्ष कप फुटबल प्रतियोगिता' भव्य रूपमा सुरु भएको छ। विविध खेलकुद गतिविधिहरू समेटेर सप्ताहव्यापी रूपमा आयोजना गरिएको यस प्रतियोगिताको पहिलो दिन आयोजित उद्घाटन खेलमा मनकामना 'ख' टोल विकास संस्था विजयी बनेको छ। ​उद्घाटन खेल किरणचोक टोल र मनकामना 'ख' टोल विकास संस्थाबीच सञ्चालन भएको थियो। रोमान्चक बनेको उक्त खेलमा मनकामना 'ख' टोलले किरणचोक टोललाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो। ​हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राम थापाको सभाध्यक्षतामा प्रतियोगिताको समुद्घाटन कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्व वडाध्यक्ष भीमप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भई…
Read More
नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

नगरस्तरीय टी-२० क्रिकेटको उपाधि हेटौँडा-८ लाई: हेटौँडा-४ लाई ५३ रनले पराजित गर्दै बन्यो च्याम्पियन

हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कार्यालयको आयोजनामा सञ्चालन भएको नगरस्तरीय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि हेटौँडा वडा नम्बर ८ ले जितेको छ। हुप्रचौर खेल मैदानमा भएको फाइनल भिडन्तमा आयोजक हेटौँडा वडा नम्बर ४ लाई ५३ रनले पराजित गर्दै वडा नम्बर ८ ले सर्वोत्कृष्ट प्रदर्शनसहित उपाधिमाथि कब्जा जमाएको हो। ​फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हेटौँडा वडा नम्बर ८ ले ११२ रन बनाउँदै हेटौँडा वडा नम्बर ४ लाई ११३ रनको विजयी लक्ष्य दिएको थियो। तर ११३ रनको लक्ष्य पछ्याएको हेटौँडा वडा नम्बर ४ को टोली ५८ रनमै अलआउट हुन पुग्यो। वडा नम्बर ८ को कसिलो बलिङ र उत्कृष्ट फिल्डिङसामु ४…
Read More
हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा-१५ मा ‘वडा अध्यक्ष कप’ खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सुरु, प्रदेश सभा सदस्य पुलामीद्वारा उद्घाटन

हेटौँडा, असोज २५ गते। हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ कार्यालयको आयोजनामा अन्तरनगर वडास्तरीय ‘वडा अध्यक्ष कप-२०८३’ अन्तर्गत स्व. रमेश मगर तथा सुमन गोले स्मृति खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। हटियास्थित ब्याडमिन्टन कभर्डहलमा आयोजित एक विशेष समारोहका बिच बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) ले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभएको हो। ​हेटौँडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानको सभाध्यक्षतामा सम्पन्न सो उद्घाटन समारोहमा प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले खेलकुदले युवाहरूमा अनुशासन, भाइचारा र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। उहाँले विपद्मा ज्यान गुमाएका स्थानीय युवाहरूको स्मृतिमा खेलकुद प्रतियोगिता आयोजना गरेर वडा कार्यालयले खेलकुद विकासका साथै सामाजिक सद्भाव…
Read More
पशुपतिनगर हेल्थ क्लबद्वारा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

पशुपतिनगर हेल्थ क्लबद्वारा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

हेटौँडा, मकवानपुर । "नियमित व्यायाम गरौँ, स्वस्थ रहौँ" भन्ने मूल नाराका साथ स्थापित पशुपतिनगर हेल्थ क्लब, हेटौँडा-९ को आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। क्लबका कार्यवाहक अध्यक्ष प्रेम प्रसाद बोलखेको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा क्लबका सदस्यहरू तथा स्थानीय महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो। ​कार्यक्रमका प्रमुख अतिथि हेटौँडा उपमहानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुकुराम केसी रहनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले स्वास्थ्य नै जीवनको सबैभन्दा ठूलो धन भएको बताउँदै पशुपतिनगर हेल्थ क्लबले स्थानीय तहमा शारीरिक सुगठन, स्वस्थ जीवनशैली र सामाजिक सद्भाव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.